जटिल बन्दै पोर्नोग्राफीकाे लत, समाधान अध्यात्म

 जटिल बन्दै  पोर्नोग्राफीकाे लत, समाधान अध्यात्म

पोर्नो उद्योग

सेक्सलाई वर्तमान विश्वको सबैभन्दा ठूलो उद्योगका रूपमा लिइन्छ। संसारमा दैनिक रूपमा भइरहेको वस्तु तथा सेवासम्बन्धी व्यापारको ठुलो हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेक्ससँग जोडिएका छन्। सेक्स उद्योगको प्रत्यक्ष वा सोझो–सोझो रूप वेश्यावृत्ति र ‘पोर्नोग्राफी’ हो।

dr.bikasananda_2पछिल्लो समय तीव्र प्रचनलनमा आइरहेको ‘सेक्स टोय’, ‘सेक्स टुरिजम’सम्बद्ध सेवा र क्षेत्र पनि सेक्स उद्योगकै हिस्सा हुन्। यी सम्पूर्णमध्ये आर्थिक कारोबार, घनत्व र प्रभावका हिसाबले पोर्नोग्राफीलाई सबैभन्दा माथि राखिन्छ।

पोर्नोग्राफीका कारण डरलाग्दा सामाजिक र मनोवैज्ञानिक समस्याहरू निम्तिएका छन्, जसले सिंगो विश्वलाई नै प्रभावित बनाउन थालेका छन्। पोर्नोग्राफी हेर्ने लत (एडिक्सन) लाई संसारकै खतरनाक लतका रूपमा लिन थालिएको छ। पोर्नोग्राफीले युवा समुदायलाई नै बर्बादीतर्फ धकेलिरहेको छ।

उत्सुकताको अन्त्य

पोर्नोग्राफीलाई आधार बनाउँदै केही वर्षअगाडि अमेरिकी अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए। मुसामा गरिएको उक्त अनुसन्धानमार्फत पोर्नोग्राफी हेर्ने लतले ठूलो समस्या निम्तने स्पष्ट भएको थियो। अनुसन्धानकर्ताहरूले एउटा खोरमा वयस्क भाले मुसालाई राखे। खोरमा मुसालाई हस्तमैथुन गर्नका निम्ति अनुकूल पद्धतिको पनि व्यवस्था गरिएको थियो।

उक्त पद्धतिका कारण मुसाले निरन्तर हस्तमैथुन गर्न थाल्यो। केही समयपछि उक्त मुसामा ‘डिप्रेसन’ देखिन थाल्यो। मुसा डिप्रेसनमा गइसकेपछि उक्त खोरमा पोथी मुसालाई राखियो। अचम्म के भयो भने उसले पोथी मुसाप्रति कुनै पनि अनुराग देखाएन। हस्तमैथुन छाडेर पोथीसँग सेक्स गर्न तयार भएन। त्यति मात्र होइन, मुसालाई सबैभन्दा मन पर्ने खाना ‘चिज’ राखिदिँदा पनि मुसामा त्यसप्रति कुनै आकर्षण देखिएन।

विगतमा शरीर क्षेत्रमा मात्र सपलब्ध हुने पोर्नोग्राफी अचेल मोबाइल फोनको प्रयोगसँगै दुरदराजका युवा तथा किशोरहरुको हात हातमा पुगेको छ।

हरेक उत्सुकताको पछाडि मस्तिष्कमा हुने ‘डोपामाइन’ भन्ने रसायनको मुख्य भूमिका हुन्छ, जसलाई ‘न्युरो ट्रान्समिटर’ भनिन्छ। डोपामाइन ‘रिलिज’ हुँदा नै उत्सुकता र आकर्षण जागृत हुने हो। हस्तमैथुन गर्दा पनि डोपामाइन रिलिज भएर नै आनन्द आउने हो। जति चोटी हस्तमैथुन गर्‍यो, त्यति पटक डोपामाइन रिलिज हुनु स्वाभाविक नै हो।

हामी सबैलाई थाहा छ– अति गरे खती हुन्छ। रिलिज भएपछि उक्त डोपामाइन मस्तिष्कमा रहेको ‘रिसेप्टर’ भित्र छिरेपछि मात्रै आनन्द र मस्तीको सञ्चार हुने हो। तर, बारम्बार डोपामाइन रिलिज भएपछि रिसेप्टरमा नै क्षति पुग्छ। मुहानमा पानी भए पनि बीचको पाइप बिग्रिएपछि धारामा पानी झर्दैन।

मस्तिष्कले डोपामाइन उत्पादन गरे पनि रिसेप्टर बिग्रिएका कारण आनन्द, खुशी र उत्सुकताको महसुस नै हुन सक्दैन। परीक्षणमा राखिएको मुसाको पनि मुहान ठीक हुँदाहुँदै सञ्चार हुने पाइप बिग्रिएको थियो।

गाउँगाउँमा पोर्नो

खास गरी शहरी क्षेत्रमा १० वर्षको उमेरबाटै बालबालिकाहरूले पोर्नोफी हेर्ने गरेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन्। १० वर्षको उमेरबाट नै पोर्नोग्राफी हेर्ने बालबालिका किशोर वयमा पुग्दानपुग्दै मानसिक समस्याको शिकार भइसक्छन्।

डोपामाइनको अस्वाभाविक सञ्चारले उसको मस्तिष्कको रिसेप्टर खराब बन्न पुग्छ। अर्कोतर्फ, पोर्नोग्राफीलाई कलाको रूपमा भन्दा पनि यथार्थको रूपमा बुझ्दा समाजमा बलात्कार र व्यभिचार बढ्नसक्छन्।

पहिला–पहिला १६–१७ वर्षका किशोरहरूले बढीमा दिनको तीन पटकसम्म हस्तमैथुन गर्छन् भनिन्थ्यो। तर, अहिले दिनको छ पटकसम्म हस्तमैथुन गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। त्यसको प्रमुख कारण भनेको पोर्नोग्राफी हो।

पोर्नोग्राफी हेर्नेबित्तिकै हस्तमैथुन गर्न मन लाग्नु स्वाभाविक हो। विगतमा शहरी क्षेत्रमा मात्र उपलब्ध हुने पोर्नोग्राफी अचेल मोबाइल फोनको प्रयोगसँगै दूरदराजका युवा तथा किशोरहरूको हात–हातमा पुगेको छ। जसले गाउँका किशोर तथा युवामा पनि डिप्रेसनको जोखिम उच्च हुँदै गएको छ।

पोर्नोबाट दिक्क

पश्चिमा जगत्मा पोर्नोग्राफीलाई उद्योगकै रूपमा स्विकारियो र यसलाई मनोरञ्जनको एक सशक्त माध्यमका रूपमा प्रवेश गराइयो। राज्यले नै वैधानिकता दिएपछि ठूलठूला पोर्नो उद्योगहरू खुले।

पोर्नोग्राफीमा आबद्ध कलाकार र पोर्नोग्राफी हेर्ने मानिसलाई व्यक्तिको निजात्मक स्वतन्त्रताका रूपमा व्याख्या गरियो। सरसरती हेर्दा पश्चिमा समाजले पोर्नोग्राफीलाई स्वाभाविक रूपमा अंगीकार गर्‍यो।

मानिसको प्रमुख खोज नै सुखको खोज हो। सुखको सबैभन्दा ठूलो आकर्षण सेक्स हो भने सेक्सको मुख्य सुविधा पोर्नोग्राफी हो। पोर्नोग्राफीको तीव्र प्रयोगले नै आध्यात्मिक सभ्यताको मार्ग निर्माण गर्दैछ। किनकि, पोर्नोबाट अघाएको मानिस अन्ततोगत्वा आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न बाध्य हुन्छ।

तर, जब पोर्नोग्राफीले विभिन्न मानसिक र सामाजिक समस्या निम्त्याउन थाल्यो, त्यही समाज अहिले पोर्नोग्राफी नहेर भन्दै ‘नो फ्याफ’ जस्ता जबर्दस्त अभियानहरू सञ्चालन गरिरहेको छ।

एउटा अतिमा पुगेपछि मात्रै मान्छेले अर्काको खोज र अनुसन्धान गर्छ। एउटा खानाले अघाएपछि मात्र उसले अर्का खानामा चासो दिन्छ। त्यस्तै, यौन आनन्दसँग जोडिएर संसारभर विभिन्न प्रविधिहरूको विकास गरियो।

विभिन्न तौरतरिकालाई बजारीकरण गरियो। पोर्नोग्राफीजस्ता विषयहरू जोडतोडका साथ विकास भए। तर, मानिसले आनन्दको सट्टा डिप्रेसन पायो। सन्तुष्टिको साटो तीव्र बेचैनी पायो। पोर्नोग्राफीजस्तो एउटा अतिमा पुगेको सभ्यता अब बिस्तारै आध्यात्मिकतातर्फ प्रवेश गर्न लागेको छ।

अध्यात्मको युग

अबको युग आध्यात्मिक रूपान्तरणको युग हो। हाम्रा शास्त्रीय मान्यताअनुसार हामी कलियुगको अन्तिम चरण संगम युगको समापनतर्फ छौँ। पाश्चात्य क्यालेन्डरअनुसार हरेक दुई हजार वर्षमा युग परिवर्तन हुन्छ। जसअनुसार अहिलेको युग, मीन राशिबाट कुम्भ राशिमा प्रवेश गरेको छ।

मीन राशि ‘लिने’ राशि हो। किनकि, ठूलो माछाले सानो माछालाई खान्छ। त्यसै गरी कुम्भ राशिको चित्रमा भरी घैँटोबाट पानी पोखिइरहेको देखिन्छ। जुन ‘दिने’को प्रतीक हो। यी शास्त्रीय मान्यतालाई हेर्दा पनि हामीहरू परिवर्तनको सँघारमा उभिएको स्पष्ट हुन्छ।

इन्टरनेटले पोर्नोग्राफ्रीलाई विश्वव्यापी बनाएको हो। यही इन्टरनेटका कारण मानिसहरू तनाव र डिप्रेसनको शिकार भए। तर, अब यही इन्टरनेट नै आध्यात्मिक जागरणको माध्यम बन्ने निश्चित छ।

अहिले इन्टरनेट सर्च गर्नेबित्तिकै आध्यात्मिक क्षेत्रसँग सम्बन्धित असंख्य सामग्री उपलब्ध छन्। विगतमा ध्यान वा साधनासँग सम्बन्धित कुनै जानकारी लिनुपर्‍यो भने आश्रम–आश्रम चहार्नुपथ्र्यो। तर, अब हातमा भएको मोबाइलबाट नै हामी विभिन्न साधना सिक्न सक्ने भएका छौँ।

अमेरिकाको सबैभन्दा ठूलो मत सर्वेक्षण ‘ग्यालप पोल’ ले सन् १९६२ मा बेलाबेलामा आध्यात्मिक अनुभव हुने मानिस कति छन् भनेर सर्वेक्षण गरेको थियो। त्यतिबेला २२ प्रतिशत अमेरिकीले आफूलाई बेलाबेलामा आध्यात्मिक अनुभूति हुने गरेको बताए।

‘न्युजविक’ पत्रिकाले सन् २००६ मा यसै विषयमा अर्का सर्वेक्षण गर्दा ४९ प्रतिशतले बेलाबेलामा आफूलाई आध्यात्मिक अनुभूति हुने गरेको बताएका थिए। यसबाट नै अब संसार कता जाँदैछ भन्ने स्पष्ट पार्छ।

मानिसको प्रमुख खोज नै सुखको खोज हो। सुखको सबैभन्दा ठूलो आकर्षण सेक्स हो भने सेक्सको मुख्य सुविधा पोर्नोग्राफी हो। पोर्नोग्राफीको तीव्र प्रयोगले नै आध्यात्मिक सभ्यताको मार्ग निर्माण गर्दैछ। किनकि, पोर्नोबाट अघाएको मानिस अन्ततोगत्वा आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न बाध्य हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.