विप्लव कार्यकर्ताको घुसपैठ भएको भन्दै कालिकोटमा फेरि कर्फ्यु

विप्लव कार्यकर्ताको घुसपैठ भएको भन्दै कालिकोटमा फेरि कर्फ्यु

सुर्खेत : कालिकोटमा तीन दिनदेखिको तनाव कायमै छ। म्यादी प्रहरी हत्याको विरोधमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। आइतबार बिहान दुई घण्टा हटाइएको कर्फ्यु पुनः लगाइएको छ। प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घुसपैठ भएको आंशकामा फेरि कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

प्रहरीको गोली लागेर शुक्रबार एक म्यादी प्रहरीको ज्यान गएपछि स्थानीय र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन्। अवस्था नियन्त्रण बाहिर गएको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट कर्फ्यु लगाएको हो।

आइतबार बिहान ८ देखि १० बजेसम्म हटाइएको कर्फ्यु पुनः लगाइएको हो। घटनाको छानबिनका लागि प्रधानमन्त्री स्तरको निर्णयबाट गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा उच्च स्तरीय छानबिन टोली गठन र मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय भएको छ। छानबिन टोली आइतबार नै हेलिकोप्टरबाट कालिकोट पुग्ने बताइएको छ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्ताले प्रदर्शनमा आफ्नो समर्थन रहेको र न्यायका लागि अन्तिमसम्म लड्ने अभिव्यक्ति सामाजिक संजालबाट सार्वजनिक गरेपछि स्थानीय प्रशासन थप सशंकित भएको हो। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पीडित पक्षसँग वार्ता भइरहेको र अवस्था सामान्य बन्दै गएका बेला विप्लवका कार्यकर्ताको घुसपैठ भएको आशंकामा पुनः कर्फ्यु जारी नै राखिएको बताए। उनले सुरुदेखि नै प्रदर्शनमा घुसपैठ भएकै कारण हिंसा भड्किएको बताए। घटनाको विरोधमा म्यादी, राजनीतिक दल र स्थानीयले प्रदर्शन थालेका हुन्। कर्फ्युका कारण दुई दिनदेखि सदरमुकाम मान्न बजार बन्द छ। कर्णाली राजमार्गको कालिकोट खण्डमासमेत यातायात अवरुद्ध भएको छ।

सरकारले छानबिन समिति गठन गरे पनि स्थानीयले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। समस्या समाधानका लागि कालिकोट पुगेका क्षेत्रीय प्रशासक सुरेश प्रधानले छानबिन टोली कालिकोट पुगेपछि पीडितसँग वार्ता हुने जनाए। पीडितका माग सुनुवाई गराउन आफूले पहल जारी राखेको भन्दै उनले आफन्तले शव बुझेपछि मात्र कफुर्यू हट्ने जानकारी दिए।

म्यादी प्रहरीले निर्वाचन ज्याला कम भएको गुनासो गरेपछि शुक्रबार प्रहरीसँग झडप भएको थियो। सोहीक्रममा प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो।

कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र

ज्याला माग्दा मारिए म्यादी प्रहरी

म्यादी प्रहरी र स्थानीयवासीको प्रदर्शनले कालिकोट तनावग्रस्त, भिडियो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.