एमाले-माओवादी केन्द्रको एकतामा को बन्दैछ 'भिलेन'

एमाले-माओवादी केन्द्रको एकतामा को बन्दैछ 'भिलेन'

काठमाडौँ : प्रदेश र प्रतिनिधि सभा निर्वाचन लगत्तै मिल्ने सहमतिसहित वाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया पछिल्लो समय अल्मलिएको छ ।

एकता प्रक्रिया अघि बढाउन बनेको दुई दलको एकता सं‌योजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा केही जटिलता रहेको बताएका छन् ।

अघि बढ्ने एउटै विकल्प

‘हो, एकतामा केही जटिलता देखा परेका छन् । त्यसबारे हामी दुवै पार्टीले सोचिसकेका छौँ', एमाले र माओवादी केन्द्रनिकट बुद्धिजीवी संगठनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अायाेजित कार्यक्रममा प्रचण्डले भने, ‘तर अब पछि हट्ने विकल्प हामीसँग छैन। एकता गरेर अघि जानेमात्र विकल्प खुला छन्, केही ढिलो हुँदैमा आत्तिनु पर्ने स्थिति छैन।’

प्रचण्डले एमाले-माओवादी केन्द्रबीचको एकता हुन नदिन केही मानिसहरु सक्रिय भएको पनि खुलासा गरेका छन् । 'हाम्रो एकतामा दरार पार्न केही मानिसहरु अन्तिम कसरतमा लागेका छन्', उनले ती मानिसको नाम नखुलाई भनेका छन्, 'यसलाई पनि स्वभाविक रुपमा लिनुपर्छ । एकता भाँड्नेहरुको कसरत केही दिनमै हाँस्यास्पद हुनेछ। नेपाली समाजले एकता अनुमोदन गरिसकेकाले आत्तिनुपर्ने अवस्था छैन।’

एमाले र माओ‌वादीबीचको एकतामा बाधा हाल्ने 'भिलेन' बारे केही नबताए पनि प्रचण्डले अब अघि बढ्नु बाहेक अर्को विकल्प नरहेको स्पष्टिकरण दिए । 'पार्टी एकतामा पछि नफर्किने पुल भत्काएर एमाले अध्यक्ष केपी ओली र म हामफालेका छौँ', उनले भने, 'अब हामीसँग अब अब पछाडि फर्किने विकल्प नै छैन ।'

राष्ट्रिय सभाको विवाद मिल्छ

अध्यक्ष दाहालले अहिले जारी राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक पनि चाँडै पास भएर समाधान हुने उल्लेख गरे । 'कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुन्छ', उनले भनेका छन्, 'त्यसका लागि कोशिश भइरहेका छन्, हामी चाँडै निचोडमा पुग्छौँ ।'

ओलीसँग निरन्तर स‌ंवाद

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एकताबारे एमाले अध्यक्ष ओलीसँग शनिबार राति र आइतबार बिहान पनि कुराकानी भएको बताए । दुई दलबीच शनिबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिएको थियो । तर मौसमको खराबीले उनी भैरहवाबाट काठमाडौं जान सकेनन्।

प्रचण्डले एमाले-माओवादी केन्द्रबीचको एकता हुन नदिन केही मानिसहरु सक्रिय भएको पनि खुलासा गरेका छन् । 'हाम्रो एकतामा दरार पार्न केही मानिसहरु अन्तिम कसरतमा लागेका छन्', उनले ती मानिसको नाम नखुलाई भनेका छन्, 'यसलाई पनि स्वभाविक रुपमा लिनुपर्छ । एकता भाँड्नेहरुको कसरत केही दिनमै हाँस्यास्पद हुनेछ। नेपाली समाजले एकता अनुमोदन गरिसकेकाले आत्तिनुपर्ने अवस्था छैन।’

एकताबारे केही सञ्चारमाध्यमले भ्रामक समाचार दिइरहेको गुनासो पनि प्रचण्डले गरेका छन्। प्रचण्डले यो कुरा बहुमत आउन लागेपछि एमालेका केही नेता माओवादीलाई छाडेर संघीय समाजवादी फोरमसँग एकता प्रयासमा लागेको समाचार सञ्चारमाध्यमले लेखेकोमा थियो ।

‘पार्टी एकता र गठबन्धनबारे भ्रामक समाचार आइरहेका छन् । त्यस्ता आधिकारिकता पुष्टि नभई त्यस्ता समाचारको विश्वास नगरिदिन आग्रह छ’ प्रचण्डले भने, ‘एकतालाई टुंग्याउने गरी आइतबार बिहान र शनिबार साँझ ‌ओलीजीसँग कुरा भएको छ ।'

कांग्रेसलाई पनि स्थान

सरकार गठनको विषयमा पनि ओलीसँग आइतबार विहान टेलिफोनमा लामो कुरा भएको पनि जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनमा बहुमतीय प्रणालीमा जाँदा शुन्य हुने भएपछि कांग्रेसले एकल संक्रमणीयको कुरा ल्याएर संसोधन गर्यो,’प्रचण्डले भने, ‘वाम एकता हुन थालेपछि छाड्नै नहुने तर्क कांग्रेसका साथीहरुले गरिरहेका छन् ।'

दाहालले कांग्रेसलाई परेको मर्काबारे ओलीसँग फोनमा कुराकानी भएको जानकारी दिए। ‘बहुमतीय प्रणालीमा जाँदा कांग्रेसको एउटै सिट नआउने रहेछ, त्यसो हुनु राम्रो होइन', उनले भने, 'उहाँहरुको पनि त्यहाँ प्रतिनिधित्वबारे हामीले कुराकानी गरिरहेका छौं । समाधान निस्कन्छ ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.