राष्ट्रियसभा गठन अध्यादेश तत्काल प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

राष्ट्रियसभा गठन अध्यादेश तत्काल प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाल विद्यार्थी संघले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल प्रमाणीत गर्न माग गर्दै आइतबार प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश प्रमाणिकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले दबाब स्वरुप प्रदर्शन गरेको हो।

नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु गरेको प्रदर्शन पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

रत्नपार्कको कोणसभालाई नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्री राजेश रौनियार, युवराज पाण्डेलगायतले सम्बोधन गरे। महामन्त्री काफ्लेले भने, ‘राष्ट्रपतिले कुनै दलको भनाइको पछाडि लाग्नुभन्दा पनि संविधानलाई टेकेर निर्णय गर्नुपर्छ र तत्काल अध्यादेश प्रमाणीकरण गर्नुपर्छ।’

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाको लामो समय भए पनि ध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ। राष्ट्रियसभाको गठनबारे नेपाली कांग्रेस एकल संक्रमणीय तथा नेकपा (एमाले) बहुमतीय प्रणालीका पक्षमा छन्। नेविसंघले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरे नयाँ सरकार गठनको बाटो समेत खुल्ने भन्दै राष्ट्रपतिमाथि दबाब सिर्जना गर्नुपर्ने आवश्यकता भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.