मधेसको राजधानी कब्जा गर्न निधीको क्षेत्रमा आएको हुँ : राजेन्द्र महतो

मधेसको राजधानी कब्जा गर्न निधीको क्षेत्रमा आएको हुँ : राजेन्द्र महतो

मलंगवा : मधेस प्रदेशको राजधानीमा अन्य पार्टीले जित्यो भने मधेस आन्दोलनको अपमान हुने देखिएपछि आफू धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न गएको राजपाका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताएका छन्।

सम्मान कार्यक्रममा सहभागी हुन गृह जिल्ला सर्लाही आएका महतोले मधेसको राजधानीमाथि मधेसी पार्टीको कब्जा हुनुपर्छ भनेर आफू कांग्रेसका नेता बिमलेन्द्र निधीलाई परास्त गर्न धनुषा गएको बताएका हुन् । निधी सरकारी मान्छे र ठूला दलको नेता भएकाले उनीसँग चुनाव नलड्न धेरैले सुझाव दिएका थिए। दुई पुस्तादेखि चुनाव जित्दै आएका निधीसँग मुकाबला नगर्न धेरैले सुझाव दिएका थिए।

तर, मधेसको राजधानीबाट कांग्रेसले जिते आफूहरु अपमानित हुने देखिएपछि उनीसँग प्रतिस्पर्धा गर्न आफू धनुषा ३ बाट चुनाव लडेको महतोले बताए। ‘जनकपुरको मधेसी जनतामा मधेशवाद भरिएकाले त्यो क्षेत्रमा मधेशवादी दलको जित भएको हो’, महतोले भने, ‘मधेस आन्दोलनको मर्म जनकपुरबासीले बुझेकाले आज कांग्रेसको विपक्षमा मतदान गरी राजपालाई जिताएको हो।’

उनले २ नम्बर प्रदेशमा मधेस आन्दोलन र मधेसी सहिदको जित भएको बताएका छन्। सडकबाट संघर्ष गर्ने शिलशिलामा आफूहरु चुनावमा भाग लिन्नौं भनेका थियौं। तर खसवादी सरकारले सडकको आन्दोलनबाट अधिकार दिने नभएपछि संसदबाट पनि आन्दोलन गर्नका लागि चुनावमा भाग लिएको महतोले बताए। ‘अधिकरका लागि सडकका साथै संसदमा पनि अब लडाई हुन्छ’, महतोले भने, ‘काठमाडौंको सरकारसँग २ नम्बर प्रदेशको विधानसभाले पनि लडाई गर्छ।’ आफ्नो अधिकार स्थापित गर्नलाई मधेशी दललाई मधेशी जनताले भोट दिएको उनले बताए।

दोस्रो संविधान सभाको चुनावमा मधेशीलाई अधिकार सम्पन्न बनाउँछु भन्दै भोट लिएर चुनाव जित्ने दलले मधेशीलाई ठग्ने काम गरेको उनको आरोप थियो। तर, यसपालीको चुनावमा ती दललाई मधेशी जनताले पहिचान गरेको र ती दललाई मधेशबाट लखेट्ने काम गरेको छ। अब टोपीलाई मात्र होइन्, धोतीलाई पनि अधिकार सम्पन्न बनाउनुपर्छ। ‘मधेश आन्दोलनको क्रममा मधेशको आर्थिक अवस्था नाजुक भएको थियो।

विधार्थीको पढाइ बिग्रेको थियो’, महतोले भने, ‘त्यसैको परिणामस्वरुप आजको जित भएको हो।’ मधेशीलाई अधिकार दिने सवालमा ठूला तीन दल एक हुन्छ। गिरिजा प्रसाद कोइरालाले हस्ताक्षर गरेको सहमति पत्रलाई पनि यी दलहरुले लत्याएर मधेसको विपक्षमा संविधान बनाएको उनको आरोप थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.