‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजना मेरो प्राथमिकता'

‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजना मेरो प्राथमिकता'

 

जितलाई कसरी लिनु भएको छ ?

बैतडेली जनताले अत्यन्त सम्मानपूर्वक मलाई मत दिएर जिताएका छन्। यो जित समग्र बैतडी जिल्लाको हो। तमाम शोषित, उत्पीडित, दलित र पछाडि परेका समुदायको जितको रूपमा मैले लिएको छु। जुन भूमिकामा बैतडेली जनताले मलाई पुर्‍याएका छन्। त्यसलाई म इमानदारीपूर्वक पूरा गर्नेछु। यो जितलाई मैले ऐतिहासिक मानेको छु। किनभने हामी प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले जितेका छौं। यसको अर्थ हामीलाई जनताले अत्यन्त ठूलो कार्यभार दिएर पठाएका छन्। त्यो पूरा गर्न म सधैं अग्रमोर्चामा रहनेछु।

तपाईंका प्राथमिकताका क्षेत्र के के हुन् ?

बैतडी प्रदेश ७ कै प्रशस्त सम्भावना बोकेको क्षेत्र हो। धार्मिक पर्यटनका कुरादेखि लिएर तमाम प्राकृतिक स्रोत यस जिल्लामा छन्। यी सम्भावनाको उजागर गरी समस्या समाधानका लागि पहल गर्नेछु। यसका साथै लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवको आयोजना पञ्चेश्वर बहुउद्देश्यीयको कामलाई अघि बढाउन हरदम प्रयत्न गर्नेछु। अब बन्ने सरकारले पञ्चेश्वरको कामलाई प्राथमिकतामा राख्नेछ। यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, आयआर्जनका क्षेत्रमा देखिने गरी काम गर्छु। सरकारले प्रदान गर्ने सेवा र विकास निर्माणमा आम नागरिकको पहुँच पुर्‍याउने हिसाबले म काम गर्नेछु। जनमतको सम्मान गर्दै जिल्लामा आर्थिक समृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न मेरो ध्यान केन्द्रित रहनेछ।

अबका दिनमा कसरी अघि बढ्नुहुन्छ ?

निर्वाचनका बेला हामी राजनीतिक दलहरूका बीचमा प्रतिस्पर्धा भयो। जनताले वाम गठबन्धनका उम्मेदवारहरूलाई भारी मतका साथ विजयी गराएका छन्। यसको अर्थ जनताले समृद्धि र विकास चाहेका छन्, कारण अब यो पार्टी त्यो पार्टीभन्दा पनि हामी सबै एकै ठाउँमा उभिएर काम गर्नुपर्छ। म जनप्रतिनिधिको हैसियतले विकासमा कसैलाई काखापाखा गर्दिनँ। तपाईंहरू स्थिर भएर काम गर्नुस् सबैलाई मिलाएर अघि बढ्नोस भन्ने जनादेश छ। यो जनादेशअनुसार मैले काम गर्नुपर्ने हुन्छ। म त्यसमा दृढ रहनेछु। म जनमतको कहिल्यै पनि अपमान हुन दिन्नँ। समृद्धिका पक्षमा मेरो प्रयास जारी रहन्छ। म जनताकै बीचमा रहेर काम गर्छु।

प्रस्तुति : भगीरथ अवस्थी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.