‘सुरक्षा काबुमा रहँदै गोली चल्यो'

‘सुरक्षा काबुमा रहँदै गोली चल्यो'

 

सुर्खेत : कालिकोटमा सुरक्षा अवस्था आफ्नो काबुमा रहँदै सुरक्षाकर्मीले हतारमा गोली चलाएको खुलासा भएको छ । एक जना म्यादी प्रहरीको ज्यान जाने गरी भएको घटनामा सुरक्षाकर्मीले ‘माथिको आदेश' नपर्खी गोली चलाएको खुलेको हो ।

आफूहरूले आदेश नदिँदै ड्युटीमा खटिएका सुरक्षाकर्मीबाट गोली चलेको दाबी जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले गरेका छन् । निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्न शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेका म्यादी प्रहरीमाथि सामान्य विवादमै प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि आक्रोशित बनेका म्यादीमाथि प्रहरीले एकाएक अन्धाधुन्द गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो ।

जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी र आफूले आदेश नदिँदै गोली चलेका कारण घटना हुन पुगेको डीएसपी बोहोराले बताए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने यो घटनामा ‘ढुंगाले लागेर म्यादीको मृत्यु भएको' बताउँदै आएका छन् । उनले गोली चलेको नै अस्वीकार गर्दै आएका छन् ।

प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले पनि गोली चलाउन आफूहरूले कुनै आदेश नदिएको बताए । प्रहरीबाट फायर नै नभएको उनले दाबी गरे । घटनाका प्रत्यक्षदर्शीले भने प्रहरीले अन्धाधुन्द गोली चलाएको बताएका छन् । ‘घटनाको सत्यतथ्य बाहिर आइहाल्छ, छानबिन टोली पनि आउँदै छ', कालिकोटका प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले आदेश दिएका थिएनौं, ड्युटीमा रहेको सिपाहीले हाम्रो आदेश कुर्नुपर्छ भन्ने पनि छैन । आत्मरक्षाका लागि उसले गोली चलाउन सक्छ, कसैको आदेश पर्खनु पर्दैन ।'

प्रहरीले गोली नै नचलाएको प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको दाबी ।

अवस्था सामान्य हुँदाहुँदै प्रहरीले गोली चलाएर ज्यादती गरेको भन्दै स्थानीय आन्दोलनमा छन् । घटनापछि सदरमुकाम मान्म तनावग्रस्त छ । प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले शनिबारदेखि कफ्र्यु जारी राखेको छ । प्रदर्शनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको घुसपैठ भएको र हिंसा भड्किनसक्ने भन्दै कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

नेकपाका जिल्ला तहका नेता–कार्यकर्ताले प्रदर्शनमा आफ्नो समर्थन रहेको र न्यायका लागि अन्तिमसम्म लड्ने अभिव्यक्ति सामाजिक सन्जालबाट सार्वजनिक गरेपछि स्थानीय प्रशासन थप सशंकित भएको छ । प्रजिअ गैरेले पीडितसँग वार्ता भइरहेको र अवस्था सामान्य बन्दै गएको बेला विप्लवका कार्यकर्ताको घुसपैठ भएको र हिंसा बढ्ने आशंकामा कफ्र्यू जारी नै राखिएको बताए ।

प्रदर्शनका कारण तीन दिनदेखि सदरमुकाम मान्म बजार बन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन भएको छ भने मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले उच्चस्तरीय छानबिन टोली आइतबार साँझ नै हेलिकप्टरमार्फत कालिकोट पुगिसकेको जानकारी दिएका छन् ।

स्थानीयवासीले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, जिल्लाका सीडीओ र डीएसपीलाई तत्काल कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । समस्या समाधानका लागि कालिकोट पुगेका क्षेत्रीय प्रशासक सुरेश प्रधानले छानबिन टोली कालिकोट पुगेपछि पीडितसँग वार्ता हुने जनाए । आफन्तले शव बुझेर आन्दोलन फिर्ता लिएपछि मात्र कफ्र्यु हट्ने उनले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.