पहिला सरकार त्यसपछि पार्टी एकता : श्रेष्ठ

पहिला सरकार त्यसपछि पार्टी एकता : श्रेष्ठ

गोरखा : नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले पार्टी एकता भन्दा पहिल्यै सरकार बन्न सक्ने तर्क गरेका छन्। सोमबार गृहजिल्ला गोरखाका पत्रकारहसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार गठन गर्नुभन्दा अघि नै पार्टी एकता गर्नु राम्रो हुँदाहुदै पनि प्राविधिक कारणले सरकार गठन गर्नुलाई प्राथमिकता दिनु परेको तर्क गरे।

‘एकीकृत पार्टीले सरकार सञ्चालन गर्नु सबैभन्दा राम्रो हो, त्यसकारण पार्टी एकताको प्रक्रियालाई छिटोभन्दा छिटो निश्कर्षमा पुर्‍याउने र पार्टी एकताको घोषणा गर्ने प्रतिवद्धता हाम्रो छ,‘उनले भने‘ छिटो भन्दा छिटो हामी एकता गर्न चाहन्छौं तर सरकार गठनभन्दाअघि नहुन सक्छ।'

‘सरकार गठनको आफ्नै संवैधानिक, कानूनी प्रक्रिया छ। सरकार बन्ने जुनदिन ढोका खुल्छ त्यो दिन सरकार बनाइहाल्नु पर्छ। त्यसैले निश्चित विन्दुसम्म नपुगुञ्जेल पार्टी एकताको प्रक्रियाको घोषणा हुन सकेन भने पनि सरकार गठन रोकिनु हुँदैन र रोकिदैन पनि।'

कांग्रेसले प्रस्ताव गरेको एकल संक्रमणीय प्रणालीका लागि आवश्यक लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको उनले बताए। विज्ञहरुले यदि एकल संक्रमणीय प्रणालीमा जान सकिने सुझाव दिए भने त्यसदिशामा जान आफ्नो पार्टी तयार रहेको उनले बताए।

‘यदि विज्ञहरुले अहिलेको प्रतिनिधित्व प्रणालीमा पनि एकल संक्रमणीय पद्धति लागु हुन सक्छ भन्नु भयो भने हामी त्यसमा जानै हुन्न भन्ने पक्षमा छैनौं।' श्रेष्ठले भने ‘त्यसमाथि पनि राजनीतिक सहमतिको पनि आवश्यकता होला। अहिलेको परिस्थितिमा एकल संक्रमणीय प्रतिनिधित्व प्रणाली लागु हुन सक्छ कि सक्दैन भन्नेबारे विज्ञहरुको सल्लाह अनुसार स्पष्ट भएपछि हामी आवश्यक लचकताका साथ सम्झौता र सहमतिको स्पिरिट अनुसार निकास निकाल्न हामी प्रतिवद्ध छौं' उनले भने।

उनले अहिले राजनीतिक गतिरोध एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा नभै अध्यादेशको गाँठोमा अल्झेको उनले तर्क गरे। ‘कुरो एकल संक्रमणीय प्रणालीमा हैन, चुनाव घोषणा गरिसकेपछिको कामचलाउ सरकारले राजनीतिक पार्टीहरुसँग सल्लाह नगरी कुनै अध्यादेश पेश गर्न मिल्छ कि मिल्दैन भन्नेमा अड्केको छ' उनले भने ‘लोकतान्त्रिक मान्यता र विधिविपरीत चुनावको घोषणा गरिसकेको सरकारले पहिले राजनीतिक सहमतिमा ल्याएको विधेयकको मर्म र भावनाविरुद्ध अध्यादेश पेश नमिल्ने दावी गरे। उनले कांग्रेस लोकतान्त्रिक विधि र मान्यताभन्दा बाहिर गएको दाबी समेत गरे।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.