सेलेरियोको टेस्ट ड्राइभ अभियान सञ्चालन
काठमाडौं : सुजुकी चारपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेस्ट राइड क्याम्पेन सञ्चालन गरेको छ । खरिद निर्णय लिनुपूर्व उपभोक्ताले पूर्ण फस्र्ट ह्यान्ड अनुभव तथा सन्तुष्टि लिउन् भन्ने सोचका साथ कम्पनीले यो अभियान थालनी गरेको जनाएको छ ।
मार्केटिङ एन्ड स्ट्राटेजीका डीजीएम सिरज पन्तका अनुसार नेपाली परिवारका लागि कार खरिद प्रमुख निर्णय रहँदै आएको छ । ‘आफ्नो लगानीका लागि सही तथा निर्धक्क निर्णय लिने कार्यमा सघाउने सोचका साथ हामीले ‘द परफेक्ट फेमिली कार' सेलेरियोका लागि यो अभियान सञ्चालनमा ल्याएका हौँ' पन्तले भने, ‘हामी आफ्ना उपभोक्तालाई पहिलो अनुभव प्रदान गर्दै हाम्रो दाबीमा प्रतिबद्ध छौं भन्ने मूल्यांकन गर्न सघाउन यो अभियानको थालनी गरेका हौं ।'
अभियानका लागि कम्पनीले समर्पित परीक्षण सवारीसाधनको व्यवस्था गरेको छ । उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले कम्पनीले पायक पर्ने स्थानमै टेस्ट राइड उपलब्ध गराउन प्रयासरत रहेको उनले जानकारी दिए । विज्ञप्तिका अनुसार कम्पनीले क्षेत्रीय रूपमा पाँच मिहनासम्म विभिन्न क्षेत्रमा टेस्ट राइड क्याप सञ्चालन गर्नेछ ।
टेस्ट राइड अवधिभर उपभोक्ताले सुजुकीका सोरुममा गई तालिम प्राप्त सुजुकीका बिक्री अधिकृतको उपस्थिति, निगरानी तथा सहयोगमा झन्झटरहित टेस्ट राइड अनुभव लिन सक्नेछन् । हरेक टेस्ट राइडमा उपभोक्ताले आकर्षक उपहारका साथै एक जनाले बम्पर उपहारका रूपमा एक लाख क्यास ब्याक जित्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।