आभाको तेस्रो एल्बम 'बहाव'
![आभाको तेस्रो एल्बम 'बहाव'](https://annapurnapost.prixacdn.net/media/albums/Bahab-by-Abha-Mukarung-Rai-5a40cf160f7511.80266375_WRIOMC3nCX.jpg)
काठमाडौं : गायिका आभा मुकारुङले एकल एल्बम 'बहाव' सार्वजनिक गरेकी छन् ।११ वटा गीत रहेको 'बहाव'मा नरदेवी राई, शिमुरा, सुरेश शाही, बुद्धि मोक्तान, राई नविन, आनन्द अधिकारी, राजकुमार राई, डिपी खनाल र मुकेश राईको शब्द रहेको छ भने अर्जुन कौशल, बालन्द राई, राई नविन, पविधन खालिङ, सन्तोष दुमी राई, धनु ग्याङ्मी र हेमन्त चेम्जोङको सङ्गीतलाई सचिन सिंह, फनिन्द्र राई, अर्जुन कौशल, नोर्वु शेर्पा, उदयराज पौडेल र विश्व अधिकारीले सङ्गीत संयोजन गरेका छन्।
दुई गीतमा गायिका आफैले सङ्गीत भरेकी छिन् भने एउटा युगल गीतको गायनमा हेमन्त चेम्जोङले साथ दिएका छन्। 'बहाव' आभाको तेस्रो एल्बम हो। यसअघि उनको 'आभा' ९२०६२० र 'सौम्य' ९२०५९० सार्वजनिक भइसकेको छ। 'कता हिँडेको', 'काली पारे दाइ हो' लगायत उनका थुप्रै गीत लोकप्रिय छन्। गायिकाले एल्बम बिक्रीवापतको ५० प्रतिशत रकम सङ्गीतकर्मीहरुको सहयोगमा खर्च गर्ने बताएकी छिन्।'बहाव'मा समाविष्ट 'आमा', 'सोझो बाटो' र 'फूल होइन' बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ। एल्बमलाई अलग आर्ट हबले स्रोता माझ ल्याएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)