शेरधन राई भन्छन‍: केपी ओली प्रधानमन्त्री, म मुख्यमन्त्री

शेरधन राई भन्छन‍: केपी ओली प्रधानमन्त्री,  म मुख्यमन्त्री

काठमाडौं: नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्तामै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । ‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ’, उनले भने, ‘हामी साना दलहरुलाई समेत समेट्ने गरी गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’

सोमबार एक साक्षात्कारमा बोल्दै भोजपुरबाट प्रदेश सभामा निर्वाचित राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि’, उनले भने, ‘यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।’

साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । ‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुंगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं,’ राईले भने, ‘त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुन पनि सक्छ ।’

यद्यपि नेता राईले जनताले पार्टी एकताका लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकता पनि तत्काल सुरु हुने विश्वास दिलाए । ‘को कहाँ बस्ने ? वा नेताहरुको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुँग्याउँछौं’, उनले भने ।

सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत उनले स्पष्ट पारे । ‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन,’ राईले भने

तपाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ । म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको व्यक्ति हुँ ।’

उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु विल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै भने,‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवम् निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.