कांग्रेसको नेतृत्व फेर्ने प्रस्तावविरुद्ध किन उभिए विश्वप्रकाश ?

कांग्रेसको नेतृत्व फेर्ने प्रस्तावविरुद्ध किन उभिए विश्वप्रकाश ?

काठमाडौं: नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेका अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका युवाले विशेष अधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका बेला शर्माले नेतृत्व परिवर्तनको खुलेर विरोध गरेका छन् ।

सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले लज्जास्पद हार बेहोरेको एकथरी नेताले आरोप लगाइरहेका बेला विश्वप्रकाश भने त्यसको विपक्षमा उभिएका हुन् । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले कुल १६५ सिटमा २३ सिट मात्र जितेको छ ।

अन्नपूर्ण पोस्ट् डटकमसँग कुराकानी गर्दै युवा नेता शर्माले निर्वाचनमा पराजित भएको अवस्थामा नेतृत्व परिवर्तन भन्दा पार्टीलाई आधुनिक बनाउन जरुरी रहेको बताए । उनले भने, ‘अहिले नेतृत्व परिवर्तन गर्न जरुरी छैन ।’

‘हामी सबै दोषी छौँ, कसैले कसैलाई आरोप लगाएर कोही पन्छन सक्दै सक्दैनौँ’, उनले भने, ‘सबैले धेरथोर जिम्मेवारी लिनुपर्छ’, उनले भने ।

कांग्रेसलाई पुर्नजीवित गर्न देश दौडाहामा निस्किएका युवा नेता शर्माले समानुपातिकको मत परिणाम आएपछि केन्द्रीय समितिको बैठक बसेर गम्भीर समिक्षा गरिने बताए । उनले पार्टीको पराजयमा आन्तरिक र बाह्य कारण रहेको बताउँदै सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि आफू स्वयम् पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

‘हामी सबै दोषी छौँ, कसैले कसैलाई आरोप लगाएर कोही पन्छन सक्दै सक्दैनौँ’, उनले भने, ‘सबैले धेरथोर जिम्मेवारी लिनुपर्छ’, उनले भने ।

शर्माले कांग्रेसले मुलुकको परिवर्तनमा खेलेको भूमिका जनता बुझाउन नसक्नु कमजोरी भएको बताए । शान्ति प्रक्रिया, संविधान निर्माण र मधेस मुद्दामा कांग्रेसले गरेको निर्णायक भूमिका ‘क्यास’ गर्न नसक्नु हारको एउटा कारण रहेको उनले बताए ।

शर्माले निर्वाचनको मुखका अप्रत्यासित एमाले र माओवादीको गठबन्धन हुनुले गणितीय रुपमै कांग्रेस कामजोर भएको बताए । शर्माले अब कांग्रेसको भूमिका प्रमुख प्रतिपक्षका रुपमा हुने पनि प्रष्टोक्ति दिए ।

युवा नेता शर्माले संगठनात्मक स्वरुपमा परिवर्तन गरी आधुनिक कांग्रेसमा रुपान्तरण गर्ने ऐतिहासिक अवसरको रुपमा आफूले लिएको बताए । उनले भने, ‘यो कांग्रेसको लागि ऐतिहासिक मोड हो, अब हामी बदलिन्छौ र कांग्रेसलाई बदल्छौ भन्नेमा लाग्नुपर्छ ।’

विश्वप्रकाश भन्छन्ः अस्पताल पुगेको कांग्रेस सानोतिनो उपचारले निको हुँदैन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.