जनादेश विपरित जानु आत्माघाती : पोखरेल

जनादेश विपरित जानु आत्माघाती : पोखरेल

विराटनगर : विनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन गर्ने विषयमा जनादेश विपरित जानु एमाले र माओवादी केन्द्रका लागि आत्माघाती हुने बताएका छन्।

‘वाम गठबन्धनको सरकार गठन गरेर मुलुकलाई स्थायित्व दिनकै लागि जनादेश प्राप्त भएको छ,’ उनले भने, ‘जनादेश विपरित जानु भनेको सकिने मेलो मात्रै हो।’ विराटनगरमा प्रेस सेन्टर मोरङले मंगलबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले वामपन्थी सरकार गठन गर्नका लागि प्राप्त जनादेशको सम्मान गर्नुको विकल्प नभएको स्पष्ट पारेका हुन्।

नेताहरुको दिमागको उपज नभइकन स्थानीय निर्वाचनमा प्राप्त जनताको जनादेशले काम गर्दा वाम गठबन्धन बनेको स्मरण गर्दै उनले एमाले र माओवादी नेत्रृत्वले त्यसको सम्मान गर्नुपर्ने बताए। उनले पार्टी एकतापछि सरकार गठन प्रक्रिया अघि बढाउन राम्रो हुने सुझाव पनि दिएका छन्। ‘पहिले पार्टी एकीकरण गरेर ‘पावर सेयरिङ’ गर्नुपर्छ,’ पोखरेलले भने, ‘सरकार गठन अघि नै नयाँ पार्टी बन्न सक्यो भने त्योभन्दा उत्तम कुरा अरु हुनै सक्दैन।’

वाम गठबन्धनको सरकार गठन पहिले पार्टी एकीकरण भए दुबै पार्टीबीचमा रहेका समस्याको समाधान व्यवहारिक ढंगले गर्न सकिने उनको तर्क छ। वाम गठबन्धन टुटाउनका लागि जनादेश विरोधी गतिविधिमा लागेका शक्तिले विभिन्न खेलहरु खेलिरहेको बताउँदै उनले भने, ‘यतिबेला गठबन्धन टुटाएर गठबन्धन बाहेकको सरकार सोच्न पनि सकिंदैन।’ पोखरेलले एकतालाई ऐतिहासिक भौतिकवादी सिद्धान्तका आधारमा हेरिनुपर्ने तर्क पनि गरे।

उनले राजनीतिलाई जटिल मोडबाट सहज अवस्थामा ल्याउन गठबन्धन सरकार गठन गर्दै प्रतिपक्षसँग पनि मिलेर काम गर्नुपर्ने बताए। भने, ‘गठबन्धन सरकारले मात्रै प्रगतिशील एजेन्डा कार्यान्वयन गर्न सक्छ।’

चुनाव पछिको परिणामलाई हेरेर सरकारले कदम चाल्दै प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजनैतिक र नैतिक हिसाबले पनि राजिनामा दिनुपर्ने प्रसंग केलाउँदै उनले देउवाले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रका लागि पनि बाटो खुल्ला गरिदिनु पर्नेमा जोड दिए।

देउवाले सरकार नछाड्नुमा राष्ट्रिय सभामा पनि वामपन्थीले दुई तिहाई ल्याएर परिणाम आफू अनुकूल बनाउँछन् की भन्ने मानसिकताको उपज भएको पोखरेलको भनाइ छ।

वाम गठबन्धन सरकार गठन भएपछि मधेसका समस्यालाई विशिष्ट ढंगले सम्बोधन र समाधान गरिने उनको भनाइ छ। उनले भने, ‘मधेसलाई सधैं द्वन्द्को थलो बनाउनु हुँदैन। समृद्ध मधेसको परिकल्पना सहितका योजना वाम गठबन्धनको सरकारले ल्याउने छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.