‘इनरुवाको विकासलाई अघि बढाउँछुु

 ‘इनरुवाको विकासलाई अघि बढाउँछुु

 

आफ्नो जितलाई तपाईंले कसरी लिनुभएको छ ?

मैले पहिलो पटक निर्वाचनमा भाग लिएको हुँ । मतदाताले विश्वास गरेकोमा हर्षित छु । यो जितले जनताको पक्षमा अझै धेरै काम गर्न प्रेरित गरिरहेको छ।

आफ्नो क्षेत्रको विकासलाई कसरी अगाडि बढाउनुहुन्छ ?

इनरुवा जिल्ला सदरमुकाम भए पनि विकासका हिसाबले निकै पछाडि परेको छ । यहाँको विकासका लागि मैले योजना बनाएको छु । सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्ने, सिँचाइ सुविधा विस्तार गरी इनरुवालाई सुविधासम्पन्न बनाउने योजना छ । मसँग विकासका अरू पनि योजना छन्, तिनको कार्यान्वयन नै अबको मेरो प्राथमिकता हुनेछ ।

सरकारले प्रदेश राजधानी सुनसरीलाई घोषणा गर्नुपर्छ । केन्द्रको हिसाबले इटहरी र भौतिक पूर्वाधारका हिसाबले धरानलाई प्रदेश राजधानी बनाउँदा उपयुक्त देख्छु । हामी प्रदेशसभामा यो विषयलाई घनीभूत रूपमा उठाउँछौं ।

अबको पाँच वर्ष आफ्नो क्षेत्रको विकासमा मेरो ध्यान केन्द्रित हुनेछ । सुनसरी खोलालाई बाँध बाँधेर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने सोच छ । सीमा समस्या समाधानमा आवाज उठाउनेछु । स्थानीय सरकारसँग समन्वय गरी इनरुवा आसपासका क्षेत्रको विकास गर्ने योजना मैले बनाएको छु ।

प्रस्तुति : रत्नप्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.