मनिल भए ‘मिस्टर गे’

मनिल भए ‘मिस्टर गे’

काठमाडौं : आफ्नै परिवारमा नखुलेका सर्लाहीका समलिंगी पुरुष मनिल सिंहले नेपालको दोस्रो मिस्टर गे ह्यान्डसमको उपाधि जितेका छन् । उनी अठार जना गे प्रतिस्पर्धीलाई उछिन्दै दोस्रो गे ह्यान्डसम भएका हुन् । मिस्टर गे ह्यान्डसमको फस्र्ट रनरअप समीर विक र सेकेन्ड रनरअप अनुज पिटर राई भए ।

नीलहीरा समाजले आयोजना गरेको प्रतियोगितामा विजेता सिंहले पचास हजार रुपैयाँ नगद हात पारेका छन् । सर्लाही चन्द्रनगरमा २८ वर्षअघि परिवारको माइला छोराका रूपमा जन्मिएका मनिलले केवल साथीहरूमाझ मात्रै खुलेको अन्नपूर्णलाई बताए । तराईमा अझै पनि तेस्रोलिंगीलाई खुल्न समस्या भएको भन्दै परिवारमा अहिलेसम्म गेका रूपमा खुल्न नचाहेकोे उनले बताए । समय आएपछि खुल्ने भन्दै परिचय लुकाएका उनको परिचय अहिले खुलेको छ ।

ट्रिटन कलेजमा बीएसडब्लू अध्ययन गरिरहेका सिंहले भने, ‘मिस्टर गेको उपाधि जितेसँगै आफ्नो समुदायको हितमा काम गर्ने उत्तरदायित्व बढेको छ ।’ तेस्रोलिंगी समुदायलाई हेर्ने सोच बदल्न तथा आफ्नो समुदायको उत्थानका लागि काम गर्ने प्रतिबद्धता पनि उनले जनाए । आफू सोसल वर्कको विद्यार्थी भएकाले पनि सामाजिक कार्यमा रुचि भएको उनले बताए ।

नेपालमा यो दोस्रोपटक समलिंगी पुरुषहरूको राष्ट्रि«यस्तरको प्रतियोगिता भएको हो । सन् २०१३ मा पहिलो मिस्टर गे ह्यान्डसम उपाधि हेटौंडाका विश्वराज अधिकारीले हात पारेका थिए । उपाधिपछि उनले तेस्रोलिंगी समुदायको मानव अधिकार, स्वतन्त्रता, समलिंगी विवाहजस्ता विषयमा काम गर्दै आएका छन् ।

नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस्ता कार्यक्रमले समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह हट्ने र यो समुदायका मानिसलाई पनि स्वतन्त्रता र सहानुभूति मिल्ने बताइन् । उनले भनिन्, ‘मिस्टर गे प्रतियोगिता शारीरिक र मानसिक क्षमता प्रदर्शन गर्ने मौका पनि हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.