प्रचण्डलाई गोपाल किरातीले भनेः एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु

प्रचण्डलाई गोपाल किरातीले भनेः एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु

काठमाडौं: नेकपा माओवादी केन्द्रका विवादास्पद नेता गोपाल किरातीले वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । माओवादी केन्द्रका सचिवालय सदस्य किरातीले छुट्टै ‘आठौं महाधिवेशन समुह’ गठन गरेर एमाले जस्तो दक्षिणपन्थी पार्टीसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिएका छन् ।

आठौं महाधिवेशन समुह मार्फत नेता किरातीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ समक्ष राष्ट्रिय महाधिवेशनको माग गर्दै १० बुद्धे मागपत्र प्रस्तुत गरेका छन् । मागपत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एमालेसँग विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिइएको छ । किरातीको मागपत्रमा भनिएको छ, ‘माओवाद र पहिचानको मुद्दा धरापमा पारेर पार्र्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससँग सम्बधविच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’

किराती समुहले माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा)को पथप्रदर्शक सिद्धान्त मानेको छ । किरातीले एकताको नाम मालेमाको पथप्रर्शक सिद्धान्त छोड्न लागेको आरोप लगाएका छन् । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई गणतन्त्रसम्म पुर्याउने माओवादी केन्द्र आन्दोलनको समीक्षाबिना नै संसदवादमा विलय गर्ने दक्षिणपन्थी भड्कावमा फसेको आरोप किरातीको छ ।

माओवादीको जीवनमा असाधारण प्रश्न रहेको हुँदा त्यसको समाधानको विकल्प महाधिवेशनले मात्र भएको उनको ठहर छ । अहिले पार्टीको केन्द्रीय निकाय विचलित भएको किरातीले आरोप लगाएका छन् । मागपत्रमा भनिएको छ, ‘वृहत् कम्युनिष्ट केन्द्र बनाउने प्रश्नमा के आधारमा एकता ? के को निम्ति एकता ? माओवादी धाराको स्वतन्त्र जवाफ जरुरी छ ।’

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म नभएको किरातीको आरोप छ । माग पत्रमा अगाडि भनिएको छ, ‘मालेमा र पहिचान मुद्दालाई धरापमा पारेर एमालेसित एकता महाधिवेशन आयोजक समिति गठन ४०–६० को उम्मेदवार अनुपात संगठनमा लागू हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०५ तथा एमालेको भागमा ६०५ हुनेछ । जबकी ५१५ ले नीति र नेतृत्व ठेगान लगाउँछ । यसमा एमालेको एक्लै बहुमत हुन्छ अनि कसरी मालेमा रक्षा हुन्छ ?’

मालेमाको रक्षा, प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धि यावत प्रश्नको जवाफ महाधिवेशनले दिनुपर्ने किरातीको माग छ । उनले मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहितको आठौं राष्ट्रिय महाधिवेशन अपरिहार्य आवश्यकको बताएका छन् ।

किरातीको मागपत्रमा आठौं पार्र्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाइन संघर्ष गर्ने उल्लेख छ । किराती समुहले महाधिवेशनको लागि सदन र सडकबाट सघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टी महाधिवेशन आयोजनाको पक्षमा सशक्त आवाज उठाउँदै गाउँ÷नगर, जिल्ला तथा प्रदेश सम्मेलन आयोजनाको माग जोडदार गरिएको छ ।

किरातीको मधेसवादीसँग निकटता

माओवादी नेता किरातीको मधेशवादी दलसँग निकटता देखिएको छ । प्रचण्डलाई बुझाएको मागपत्रमा संघीय गणतन्त्र नेपालको प्रदेश २ मा मधेस सरकार बन्ने कुराको स्वागत तथा समर्थन गर्दै ताम्सालिङ सरकार, किरात सरकार, लिम्बुवान सरकार, कोचिला सरकार एवं तमुवान सरकार, मगरात सरकार, थरुवान सरकार, खसान सरकार लगायतका स्वायत राज्य सरकार स्थापना गर्न संविधान संशोधन–संयुक्त आन्दोलन निर्माणको आव्हान गरिएको छ ।

सो समुह ४ हजार युवा कार्यकर्ता रहेको समेत दाबी गरिएको छ । गत मंसिर २२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाइएको पत्र हालै सार्वजनिक गरिएको छ । तत्काल महाधिवेशनको मिति तोक्न समेत माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.