राजपा–फोरमबीच तत्काल पार्टी एकता: राजेन्द्र महतो

राजपा–फोरमबीच तत्काल पार्टी एकता: राजेन्द्र महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच तत्काल पार्टी एकता हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गरिने बताए । ‘अहिलेको जनमत दुई पार्टी एकताको लागि नै हो, एकता हाम्रो प्राथमिकतामा छ’, उनले भने । 

महतोले छ पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । प्रदेश २ मा राजपा र फोरम गठबन्धनको सरकार बनाउने कुरामा कुनै विवाद नरहेको उनको भनाइ छ ।

निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने, ‘निर्वाचनमा हाम्रो विजयसँगै आन्दोलनको जित भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो मधेस आन्दोलनको जित हो ।’

धनुषा ३ बाट प्रतिनिधि सभाका लागि विजयी महतोले आफूहरुको राजनीतिक एजेण्डाको केन्द्रबिन्दु संविधान संशोधन रहेको बताए । उनले भने,‘केन्द्रीय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन, हामी संविधान संशोधनको पक्षमा रहन्छौं, यसका लागि संघर्ष गर्छौं।’

त्यस्तै महतोले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणा व्यक्त गरे । उनले भने, ‘संविधान अनुसार नै अध्यादेश अघि बढाउनुपर्छ, अध्यादेश रोकेर प्रक्रिया अवरोध गर्नुहुँदैन, यही कुरा हामीले राष्ट्रपतिज्यूसँगको भेटवार्तामा सल्लाह दिएका छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.