साउदी अरब र युएईमा पनि मजदुरले कर तिर्नैपर्ने, रेमिट्यान्समा असर ?

साउदी अरब र युएईमा पनि मजदुरले कर तिर्नैपर्ने, रेमिट्यान्समा असर ?

काठमाडौँ: साउदी अरब र युनाइटेड अरब एमिरेट्ससहित तेलबाट समृद्ध खाडी देश विश्वभरमै 'ट्याक्स फ्री आम्दानी' का लागि प्रख्यात छन् । ट्याक्स फ्री कमाईको मतलब यहाँ नोकरी गर्दा मिल्ने तलबबाट कुनै पनि किसिमको कर तिर्नुपर्दैन थियो । तपाईँले थापेको तलबबाट अहिलेसम्म न त इनकम ट्याक्स नै तिर्नुपर्थ्यो ।

अर्कातिर तपाईँले कुनै प्रकारको उत्पादन र सेवा खरिद गर्दा पनि तपाईँले कर तिर्नुपर्दैन थियो । तर अब नयाँ वर्षबाट यो नियम फेरिने भएको छ । कर तिर्नुपर्ने नियमले नेपाल र भारतबाट रोजगारीका लागि यी दुई देशमा पुगेका लाखौँ युवाहरु प्रभावित हुने भएका छन् ।

सरकारको घट्दो कमाईका कारण तनावमा रहेका साउदी अरब र युएई आफ्नो देशमा १ जनवरी २०१८ देखि 'भ्यालु एडेड ट्याक्स' प्रणालीको सुरुवात गर्न लागेका छन् ।

भ्याट लागू गर्न पहल गर्ने दुवै देश गल्फ कोपरेसन काउन्सिलका सदस्य रहेका छन् । यिनका अलावा कुवेत, बहराइन, ओमान र कतार पनि यसमा सामेल छन् । यी सबै देश तेलको कमाईबाट समृद्ध भएका हुन् । तर बितेका केही वर्षदेखि विश्वभर तेलको मूल्यमा गिरावट आउँदा राजश्वमा असर परेपछि यी देशमा सरकार दबाबमा परेका छन् ।

तेलको मूल्यमा कमीका साथ साथै यी देशले हतियार र युद्धको तयारीका लागि पनि ठुलो खर्च गरिरहेका छन् । जसका कारण यहाँका सरकारको आम्दानीमा ठुलो गिरवाट आएको छ ।

यी दुवै देशका सरकारले नयाँ सालमा भ्याटमार्फत खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिसहित होटल जस्ता उत्पादन र सेवामा कम्तिमा पनि ५ प्रतिशत कर लगाउने निर्णय गरेका छन् ।

हुन त भ्याटको दायराबाट कयौँ ठुला उत्पादन र र सेवालाई अलग्गै पनि राखिएको छ । यिनमा रियल स्टेट, मेडिकल सर्भिस, हवाई यात्रा र शिक्षा सामेल छन् । तर अर्कातिर उच्च शिक्षाको क्षेत्रमा भने भ्याट लगाउने तयारी गरिएको छ । त्यसैगरी स्कूल शिक्षामा स्कूल पोशाक, किताब, स्कूल बस फिस र लन्च जस्ता सेवालाई करको दायरामा राखिने भएको छ ।

बुझ्नुपर्ने कुरा भनेको खाडी देशमा बढ्दो राजस्व घाटाको असर कम गर्नका लागि सन् २०१५ मा गल्फ कोअपरेशन काउन्सिलमा पनि सबै सदस्य देशले ट्याक्स फ्री नियम हटाउँदै उत्पादन र सेवामा कर लगाउने सहमति गरेका थिए । त्यसपछि सन् २०१८ मा साउदी र युएई यस दिशामा पहिलो कदम चालिरहेका छन् । समाचार अनुसार यी दुई देशपछि अन्य खाडी देशले पनि यसै नियमका आधारमा आफ्नो देशमा भ्याट लगाउने भएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७१/७२ मा मलेसियामा ७ लाख ७३ हजार, कतारमा ६ लाख ९० हजार, साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार कार्यरत थिए। श्रम स्वीकृति लिएका करिब २५ लाख युवा विदेशमा रहेको अनुमान छ । बहराइनमा ३३ हजार, ओमनमा १७ हजार, लेवनानमा १० हजार, इजराइलमा ७ हजार, अफगानिस्तानमा ६ हजार र जापानमा ५ हजार ५ सय जना श्रमस्वीकृति लिएका नेपाली थिए ।

अहिलेसम्म सरकारले कतार, मलेसिया, साउदी अरब, कुवेत, संयक्त अरब इमिरेट्स र दक्षिण कोरियामा मात्र सहचारी पठाएको छ । सरकारले संसारका १ सय ८ मुलुकमा कामदारको लागि श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।

यस्तो छ रेमिट्यान्सको अवस्था

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको थियो । गत आर्थिक वर्षको सरकारको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको थियो ।

गत वर्ष कतारले साउदी अरेबियालाई उछिन्दै सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देश बन्न सफल भएको थियो । गत वर्ष कतारबाट १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । कूल रेमिट्यान्सको यो १५ प्रतिशत हो ।

त्यसैगरी, ९८ अर्ब ८६ करोड रुपैयाँ पठाउँदै साउदी अरेबिया सबैभन्दा धेरै रेमिट्यान्स पठाउनेको सूचीमा दोस्रो नम्बरमा परेको थियो । नेपाल भित्रिने जम्मा रेमिट्यान्समा साउदीको हिस्सा १४.२ प्रतिशत थियो।

त्यस्तै, ९० अर्ब ८४ करोड रुपैयाँ पठाउँदै भारत नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशको सूचीको तेस्रो नम्बरमा थियो । यो कूल रेमिट्यान्सको १३.१ प्रतिशत हो ।

नेपालीको रोजगारीका लागि आकर्षक गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बढी रेमिट्यान्स पठाउने देशको सूचीमा छैठौं नम्बरमा थियो । युएइबाट गत आर्थिक वर्ष ५२ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको । यो कूल रेमिट्यान्सको ७.५ प्रतिशत हो ।

नयाँ सालबाट कर लगाउने भएपछि यी देशबाट भित्रिने रेमिट्यान्समा सिधा असर पर्नेछ । अर्कातिर मलेसियाको जस्तै कर प्रणालीले यी दुई मुलुकमा जाने नेपालीको सं‌ख्यामा पनि असर पर्ने अवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.