ओली र प्रचण्ड भेटले नयाँ तरङ्ग, कहाँ पुग्यो पार्टी एकता ?

ओली र प्रचण्ड भेटले नयाँ तरङ्ग, कहाँ पुग्यो पार्टी एकता ?

काठमाडौँ : निर्वाचनमा वामगठबन्धनले अत्याधिक बहुमत हासिल गरे । निर्वाचनमा एकअर्कामा धोकाधाडी हुने अनुमानलाई एमाले र माओवादी केन्द्र दुवैतर्फका कार्यकर्ताले गतल सावित गरिदिए । निर्वाचनको परिणाम आउन थालेपछि दुवैतर्फका कार्यकर्ता एकता हुनेमा ढुक्क भए ।

निर्वाचन परिणाममा प्रत्यक्षतर्फ एमाले ८० सिट जित्दै सबैभन्दा ठुलो पार्टी बन्यो भने समग्र भोट र समानुपातिकको आधारमा त कांग्रेस दोस्रो ठुलो पार्टी भएपनि प्रत्यक्षतर्फको सिट संख्याको आधार ३६ सिट जित्दै माओवादी दोस्रो भयो ।

माओवादी अध्यक्षलाई कांग्रेस र मधेसवादी दलले प्रधानमन्त्रीको प्रस्ताव गरे । अनि प्रचण्ड अलमलमा परे । अनि उनले आलोपालोको कार्ड फ्याले । गृहजिल्ला चितवन गएर केही दिने विताए त्यसको चौतर्फी आलोचना भयो । एकता संयोजन समितिको बैठकमा समेत प्रचण्डको कारण दुई पटक स¥यो । समग्र राजनीतिमा गतिरोध उत्पन्न भयो । शंका उपशंका पनि उत्तिकै उब्जियो ।

यही बेला फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष वलीको भेटघाट नयाँ घटनाक्रम चर्चा चल्न थाल्यो । एमाले र फोरमको सिट संख्याले प्रतिनिधि सभामा बहुमत पुग्ने भएका कारण स्वयम् माओवादी अध्यक्ष प्रचण्ड समेत अत्तालिए ।

एमालेको १२१ र फोरमको १६ जोड्दा १३७ हुन्छ । त्यो प्रतिनिधि सभाको २७५ सिटको बहुमत हो । रुपन्देहीमा पुगेर फोरम र एमालेको सरकार बनाउने कसरत भइरहेको भन्दै दुखेसो पाखे ।

केही समयदेखि अल्झिएको राजनीतिकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको नयाँ तरङ्ग ल्याएको छ । बुधबार भएको ओली र प्रचण्ड विच देउवा सरकारले सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने, वाम एकता र राष्ट्रिय सभा अध्यादेशका विषयमा कुराकानी भएको छ । दुवै नेताले पार्टी एकतालाई जोड दिएका छन् ।

सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भेटबारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले पार्टी एकता, सरकार गठनबारे बाहिर आएका हल्ला गलत भएको भन्दै यसमा कुनै समस्या नरहेको बताए । दुई नेताबीच एकमत रहेकाले यसलाई छिटो टुंगोमा पुर्याउनेबारे छलफल भएको अधिकारीले बताए । भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्नेमा दुई अध्यक्षको एक मत रहेको उनले बताए ।

‘वर्तमान सरकारले नयाँ सरकार गठनको बाटो तुरुन्त खोलिदिनुपर्छ, पार्टी एकता छिटो गर्नुपर्छ, सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिँदै अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्छ’, उनले भने, ‘निर्वाचन आयोगले देखिएका व्यवधान फुकाएर लैजानुपर्छ भन्नेबारेमा दुई अध्यक्षबीच छलफल भयो र दुवैको यसमा एकमत रह्यो ।’

पार्टी एकता संयोजन समितिको बैठक थप छलफलपछि भोलि बस्नेसमेत छलफल भएको उनले जानकारी दिए । ‘थप छलफलले ठोस एजेण्डा तय गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उहाँहरुबीच कुराकानी भएको छ’, अधिकारीले भने ।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने÷नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डमात्रै बसेर भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

गत असोज १७ गते दुई पार्टीबीच घोषणा गरिएको सहमतिपत्रमा ‘समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने’ उल्लेख गरिएको थियो । साझा घोषणापत्र र साझा उम्मेदवारसहित चुनाव लडेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरे पनि कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको थिएन ।

पार्टी एकता र स्थिर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकाले चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.