गाउँपालिकाको केन्द्र निर्धारण गर्न मतदान

गाउँपालिकाको केन्द्र निर्धारण गर्न मतदान

फिदिम : केन्द्र निर्धारण गर्ने विषयमा पाँचथरको फालेलुङ गाँउपालिकाका जनप्रतिनिधिबीच लामो समयसम्म सहमति जुट्न नसकेपछि मतदान गरी केन्द्र निर्धारण गरिएको छ । मंगलबार डाकिएको गाँउसभामा पनि जनप्रतिनिधहरुबीच केन्द्र राख्ने विषयमा सहमति जुट्न नसकेपछि केन्द्र निर्धारण गर्न निर्वाचन गरिएको थियो ।

गाउँपालिकाको केन्द्र राख्ने विषयमा नेपाली काँग्रेस र वाम घटकका (एमाले र माओवादी) निर्वाचित पदाधिकारीबीच सहमति जुट्न नसकेपछि मतदानबाट केन्द्रको टुंगो लगाइएको हो । राज्यको पुर्नसंरचना आयोगले जिल्लाबाट प्राप्त सुझावका आधारमा मच्छेबुङमा केन्द्र राख्नेगरी निर्णय गरेको भएपनि स्थानीय तहका जनप्रतिनिधिबीच स्थान टुंगो लगाउने विषयमा विवाद चुलिएको थियो ।

मंगलबार भएको मतदानमा फालेलुङ ३ स्थित थोकेपुङ डाँडामा केन्द्र राख्ने टुंगो लागेको हो । सोही वडाको मच्छेबुङ र थोकेपुङको विषयमा विवाद चुलिएको थियो । ८ वडा र कार्यपालिकामा निर्वाचित गरी ५१ जना पदाधिकारी रहेको उक्त गाउँपालिकाको केन्द्र थकेपुङमा राख्नुपर्ने अडान माओवादी केन्द्र र एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिको थियो । नेपाली कांग्रेको तर्फबाट निर्वाचित प्रतिनिधिले मच्छेबुङमा केन्द्र राख्नुपर्नेमा अडान राखेका थिए । छलफलबाटै केन्द्रको टुंगो लगाउन प्रयत्न गरिए पनि सहमति नभएपछि मतदान गर्दा थकेपुङ केन्द्र रहनेको पक्षमा बढी मत परेको हो ।

४१ जनप्रतिनिधिले भागलिएको मतदानमा थकेपुङका पक्षमा २४ र मच्छेबुङको पक्षमा १७ मत खसेकोे गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङले जानकारी दिए । ‘सहमतिबाटै केन्द्रको टुंगो लगाउने प्रत्यन गरिएको हो,’ केरुङले भने, ‘कुनै हालतमा सहमति नजुटेपछि मतदानबाट टुंगो लगाउनुप¥यो ।’

पुनःसंरचना आयोगले स्थानीय तहको निर्वाचन भएको छ महिना भित्रमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको सहमत नभए सामान्य बहुमतले केन्द्र तोक्नसक्ने व्यवस्था गरेको छ । छ महिना भन्दा ढिलो भए जनप्रतिनिधिको दुई तिहाई बहुमतले मात्र केन्द्र सार्न वा तोक्ने सक्ने प्रावधान छ ।

पुस १४ गते निर्वाचन भएको छ महिना बित्ने भएपछि दुई तिहाई बहुमत चाहिने भएकाले मंगलबार भएको मतदानबाट सामान्य बहुमतले गाउँपालीकाको केन्द्र निर्धारण गरेको हो ।

यसअघि हिलिहाङ गाउँपालिकाको केन्द्र गोपेटार वा पञ्चमी कहाँ राख्ने भन्ने विषयको विवाद पनि मतदान प्रकृयाबाटै टुंगो लगाइएको थियो । फाल्गुनन्द गाँउपालिकाको केन्द्रको विषमा पनि विवाद चुलिएको छ । १४ गते डाकिएको गाँउसभाले विवाद टुंगो लगाउन गाँउपालिकाका प्रमुख अमर नेम्बाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.