मतदान गरेर गाउँपालिकाको केन्द्र परिवर्तन

मतदान गरेर  गाउँपालिकाको केन्द्र परिवर्तन

फिदिम : केन्द्र निर्धारण गर्ने विषयमा पाँचथरको फालेलुङ गाँउपालिकाका जनप्रतिनिधिहरूबीच लामो समयसम्म सहमति जुट्न नसकेपछि मतदान गरी केन्द्र निर्धारण गरिएको छ। मंगलबार डाकिएको गाँउसभामा पनि जनप्रतिनिधहरूबीच केन्द्र राख्ने विषयमा सहमति जुट्न नसकेपछि केन्द्र निर्धारण गर्न निर्वाचन गरिएको थियो।

गाँउपालिकाको केन्द्र राख्ने विषयमा कांग्रेस र वाम घटकका एमाले र माओवादी निर्वाचित पदाधिकारीबीच सहमति जुट्न नसकेपछि मतदानबाट केन्द्रको टुंगो लगाइएको हो। राज्य पुनर्संरचना आयोगले जिल्लाबाट प्राप्त सुझावका आधारमा मच्छेबुङमा केन्द्र राख्ने गरी निर्णय गरेको भए पनि स्थानीय तहका जनप्रतिनिधिबीच स्थान टुंगो लगाउने विषयमा विवाद चुलिएको थियो।

मंगलबार भएको मतदानमा फालेलुङको वडा ३ स्थित थोकेपुङ डाँडामा केन्द्र राख्ने टुंगो लागेको हो। सोही वडाको मच्छेबुङ र थोकेपुङको विषयमा विवाद चुलिएको थियो। ८ वटा वडा र कार्यपालिकामा निर्वाचित गरी ५१ जना पदाधिकारी रहेको उक्त गाँउपालिकाको केन्द्र थोकेपुङमा राख्नुपर्ने अडानमा माओवादी केन्द्र र एमालेबाट निर्वाचित जनप्रतिनिधि थिए। कांग्रेसको तर्फबाट निर्वाचित प्रतिनिधिहरूले मच्छेबुङमा केन्द्र रान्नुपर्नेमा अडान राखेका थिए। छलफलबाटै केन्द्रको टुंगो लगाउन प्रयत्न गरिए पनि सहमति नभएपछि मतदान गर्दा थोकेपुङ केन्द्र राख्नुपर्ने पक्षमा बढी मत परेको हो।

४१ जना प्रतिनिधिले भाग लिएको मतदानमा थोकेपुङका पक्षमा २४ र मच्छेबुङको पक्षमा १७ मत खसेकोे गाँउपालिकाका प्रमुख सञ्चकुमार केरुङले जानकारी दिए। ‘सहमतिबाटै केन्द्रको टुंगो लगाउने प्रत्यन गरिएको हो,' केरुङले भने ‘कुनै हालतमा सहमति नजुटेपछि मतदानबाट टुंगो लगाउनुपर्‍यो।'

पुनर्संरचना आयोगले स्थानीय तहको निर्वाचन भएको ६ महिनाभित्र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूको सहमति नभए सामान्य बहुमतले केन्द्र तोक्नसक्ने व्यवस्था गरेको छ। ६ महिनाभन्दा ढिलो भए जनप्रतिनिधिको दुई तिहाइ बहुमतले मात्र केन्द्र सार्न वा तोक्ने सक्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.