राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बिहीबार बिहान साढे ९ बजेदेखि करिब एक घण्टा राष्ट्रपति भण्डारी र प्रचण्डबीच शितलनिवासमा कुराकानी भएको हो।

राष्ट्रपतिको सचिवालय र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले छलफलका एजेन्डाबारे अनविज्ञता प्रकट गरेका छन्।

राष्ट्रपतिकहाँ अड्केको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशका विषयमा सत्तारुढ नेपाली कांग्रेस र हालै सम्पन्न निर्वाचनमा बहुमत ल्याएका एमाले-माओवादी केन्द्रबीच विवाद जारी रहेका बेला प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन्। यही विवादका कारण नयाँ सरकार गठन प्रक्रिया समेत लम्बिएको छ।

यसअघि एमाले अध्यक्ष ओलीसहित राष्ट्रपतिलाई भेट्ने गरेका दाहाल बिहीबार भने एक्लै शितल निवास पुगेका थिए। यसअघिका भेटघाटमा राष्ट्रपतिले विवादका विषयमा सहमति जुटाउन दलहरूलाई आग्रह गर्दै आएकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.