कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बालुवाटारमा

कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बालुवाटारमा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बिहान बुलवाटार बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

चुनावी समिक्षा, सरकारको बर्हिगम, राष्ट्रपति समक्ष पेश गरिएको अध्यादेश, पार्टीको भावी रणनीतिको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुने उनले बताए। बैठकमा निर्वाचनमा पराजयको कारणका सम्बन्धमा गम्भिर समिक्षा हुने बताइएको छ।

सभापति देउवाको अक्षम नेतृत्वको कारण कांग्रेस पराजित भएको भन्दै एकथरी आरोप लगाउदै आएका छन् भने अर्काथरी निर्वाचनको मुखमा अप्रत्यासित रुपमा वाम ताममेल भएको तथा कांग्रेसले मुलुक निर्माण गरेका सकारात्मक काम जनता समक्ष पुर्‍याउन नसक्नुलाई पराजयको कारण बताउदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.