एमाले स्थायी समिती बैठकका एजेण्डा के ?

काठमाडौं : निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले स्थायी समिती बैठक बिहीबार बस्दै छ । एमाले अध्यक्ष एवम् भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका केपी शर्मा ओलीले स्थायी समिटीको बैठक आफ्नै निवास बालकोटमा बोलाएका हुन् ।
१ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु हुँदैछ । बैठकमा राष्ट्रपति समक्ष पेश भएको राष्ट्रिय सभा निर्वाचन अध्यादेश, नयाँ सरकार गठन, एमाले र माओवादीबीच पार्टी एकता, पार्टीको तर्फबाट प्रदेशसभा समानुपातिकका सांसदको नाम टुंगो लगाउने लगायत विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
शनिबारसम्मम निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको नाम बुझाउनुपर्ने भएकाले बैठकमा प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुंगो लगाउने विषयले समेत प्राथमिकता पाउने छ । राष्ट्रिय सभा सम्बन्धी विधेयक पारित नहुँदा राजनीतिक गाँठो शीतल निवासमा पुगेर अड्किएको छ । एमालेको आजको बैठकले यी विषयमा महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।
सँगै बैठकमा अध्यक्ष ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटबारे जानकारी गराउने र दुई पार्टी एकताका विषयमा बुँदागत रुपमा छलफल समेत हुँदै छ ।
प्रतिक्रिया दिनुहोस !
