घूससहित भूमिसुधारका नासु पक्राउ

घूससहित भूमिसुधारका नासु पक्राउ

भक्तपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बालाई सेवाग्राहीसँग बुझेको घूससहित बिहीबार रंगेहात नियन्त्रणमा लिएको छ । भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमलाई सेवाग्राहीसँग बुझेको ६ हजार रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेका अनुसार नासु गौतमले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ एवं साविक गुण्डु गाविस ५ वडास्थित जग्गाको लालपुर्जामा मोहीको नाम हटाउन सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस मागेका थिए । तर मोलमोलाई गर्दागर्दै ६ हजार रुपैयाँमा कुरा मिलेपछि सेवाग्राहीले अख्तियारलाई समेत जानकारी दिई बिहीबार उक्त रकम गौतमलाई थमाएका थिए । सेवाग्राहीले घूसवापतको रकम गौतमलाई थमाएलगत्तै अख्तियार टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘नायब सुब्बा गौतमले लालपुर्जाबाट मोहीको नाम हटाउन सुरुमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस मागेका रहेछन्’, प्रवक्ता पाण्डेले भने, ‘मोलमोलाई गरेपछि ६ हजार रुपैयाँमा कुरा मिलेको रहेछ । सोहीअनुसार हामीलाई खबर आयो र हाम्रो रोहबरमा सेवाग्राहीले नासु गौतमलाई ६ हजार रुपैयाँ घूस दिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएका हौं ।’

उनका अनुसार सेवाग्राहीको ३५ आना तीन पैसा जग्गाको लालपुर्जामा मोही हटाउन भनी नायब सुब्बा गौतमले सेवाग्राहीसँग घूस मागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.