शंकर पोखरेल भन्छन्: एमाले–माओवादी एकतापछि ओली र प्रचण्ड दुवै सह–अध्यक्ष

शंकर पोखरेल भन्छन्: एमाले–माओवादी एकतापछि ओली र प्रचण्ड दुवै सह–अध्यक्ष

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया अड्किरहेका बेला बुधबार दुई वामका अध्यक्षबीचको भेटपछि धेरै आशंकहरु टरेका छ्न । यस्तो अवस्थामा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले दुई पार्टीबीचको एकताबारे कुनै शंक नगर्न आग्रह गरेका छन् ।

अन्नपूर्ण पोस्ट् डटकमसँग विशेष कुराकानी गर्दै एमाले नेता पोखरेलले चुनावी तालमेल पूर्व नै पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले एकतामा शंका गर्ने ठाउँ नै रहेको बताए ।

पार्टी मिल्न कम्तिमा २ वर्ष

उनले पार्टी एकताप्रति एमाले र माओवादी दुवै पार्टी प्रतिबद्ध रहेको बताए । ‘प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ । निश्चित समय र प्रक्रियाको माग गर्छ भन्ने बुझ्न जरुरी छ’, पोखरेलले भने, ‘यो काम निश्चित समयमा अगाडि बढ्छ ।’ उनले प्रक्रियामा चासो नराख्ने र परिणामको अपेक्षा गर्ने प्रवृति सञ्चारमाध्यममा प्रकट भएकोले अन्यौलता बढेको स्पष्टिकरण दिए ।

एमालेको रणनीतिकारका रुपमा परिचित नेता पोखरेलले पार्टी एकतामा सैद्धान्तिक सहमतिपछि सरकार गठन हुने बताए । पोखरेलले पार्टी एकताले पूर्णता पाउन कम्तिमा दुई वर्ष लाग्ने बताए । उनले भने, ‘दुई पार्टी एक हुने कुरा हो, यसको लागि एउटा लामो कोर्ष हुन्छ’, पोखरेलले भने, ‘एकल नेतृत्वको लागि अधिवेसन पर्खनु पर्छ , पूर्णरुपमा पार्टी एकता हुन त डेढऔदुई वर्ष लाग्छ ।’

उनले आलोपालोको विषय एकतापूर्वको अवधारणा मात्र भएको बताए । ‘आलोपालोको विषय एकता नहुँदासम्मको विषय हो । एकतापछि कार्यविभाजन प्रमुख विषय हुन्छ, ’उनले भने, ‘चुनावी तालमेलको समयमा दुई पार्टीबीच छलफलमा प्रयोग गरिएको भाषालाई चर्चामा ल्याउन खोजिएको छ । एकतापछि त आलोपालोको कुरा हुँदैन । एउटै नीति कार्यक्रम हुन्छ, एउटै नेतृत्व हुन्छ ।’

ओली–प्रचण्ड दुवै सह–अध्यक्ष

एमाले नेता पोखरेलले अबको पाँच बर्षको लागि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताए । उनले चुनावको परिणामले नै प्रधानमन्त्रीमा ओलीलाई अनुमोदन गरिसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै ओली प्रधानमन्त्री हुने कुरा स्वीकार गरिसकेको पोखरेलले जिकिर गरे । ‘प्रधानमन्त्रीको विषयमा कुनै समस्या नै छैन, अब प्रधानमन्त्री केपी ओली नै हो’, उनले थपे ।

पार्टी पूर्णरुपमा एकता नभएसम्म ‘ज्वाइन्ट लिडरसिप’ मा अघि बढ्ने उनको भनाइ थियो । ‘संकमणकालिन अवस्थामा ‘ज्वाइन्ट लिडरसिप’को हुन्छ । एकता नभएसम्म एकल भन्दा दोयल लिडरसिपको कुरा बढी स्थापित हुन्छ’, पोखरेलले प्रष्ट पारे । एकता नभएसम्म दुई सह–अध्यक्ष ढाँचाबाट पार्टी अगाडि बढ्ने बताए । ‘एकता नभएसम्म ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुनुहुनेछ’, पोखरेलले भने, ‘दुई नेताको सहमतिमा नै पार्टी चल्छ ।’

मधेसवादी पनि सरकारमा

उनले सरकार गठनका विषय मधेसवादीसँग छलफल भइरहेको बताए । उनले मधेसवादी सहकार्य गरेर जाने कुरामा नेतृत्वको चाहना समेत रहेको बताए । उनले स्वयम मधेसवादी दलहरु सरकार आउन खोजिरहेको बताए ।

पार्टी पूर्णरुपमा एकता नभएसम्म ‘ज्वाइन्ट लिडरसिप’ मा अघि बढ्ने उनको भनाइ थियो । ‘संकमणकालिन अवस्थामा ‘ज्वाइन्ट लिडरसिप’को हुन्छ । एकता नभएसम्म एकल भन्दा दोयल लिडरसिपको कुरा बढी स्थापित हुन्छ’

‘अनौपचारिक कुरा भइरहका छन् । उहाँहरु तयार नै हुनुहुन्छ’, पोखरेलले प्रष्ट पारे । उनले राजपा नेता राजेन्द्र महतोले जनकपुरमा सार्वजनिक रुपमै एमालेसँग सहकार्यको कुरा गर्नु र फोरमका अध्यक्ष उपेन्द्र यादव पहिलेदेखि नै सहकार्यकै पक्षमा हुनुले वाम गठबन्धनको सरकारमा मधेसवादी समेत सहभागी हुन सक्ने बताए ।

सांसदका लागि कांग्रेसको किचलो

उनले राष्ट्रिय सभामा केही सांसद पाउनका लागि अध्यादेश ल्याएर कांग्रेसले किचलो निकालेको बताए । उनले कांग्रेस नै बहुमतीय प्रणालीको पक्षधर भएको समेत बताए । उनले बहुमतीय प्रणालीको कानुन मस्यौदा संसदमा कांग्रेसले नै ल्याएको स्मरण गराउँदै भने ,‘स्थानीय तहको परिणामपछि मात्रै कांग्रेसले बहुमतीय प्रणाली छोडेको हो ।’

उनले एमाले एकलसंक्रमणीय पक्षमा लचिलो भएको भन्ने कुरा गतल रहेको बताए । उनले संघीय व्यवस्थामा एकलसंक्रमणीय प्रणाली लागू गर्न नसकिने बताए । उनले भने, ‘एकल संक्रमणीय प्रणाली लागू हुनै सक्दैन । सरकारमा दुई दिन अगाडि जान एमालेले एकलसंक्रमणीयमा सम्झौता गर्दैन र गर्नु पनि हुँदैन । गलत कुरामा सम्झौता गर्नै हुँदैन ।’

पोखरेलले कांग्रेसलाई अध्यादेश फिर्ता लिएर निकासको बाटो खोल्न समेत आग्रह गरे । उनले कांग्रेसले फिर्ता नलिएमा अध्यादेशको टुङ्गो नयाँ सरकारले लगाउने बताए । नेता शंकर पोखरेलले सत्तारुढ दल नेपाली कांग्रेसले जनादेशलाई सहजरुपमा लिन नसकेको बताए । वाम गठबन्धनलाई कमजोर बनाउने वा विभाजित गर्न कांगेस लागेको आरोप लगाउँदै नेता पोखरेलले कानुनी र संवैधानिक जटिलता खडा गरेर देउवाले सत्ता लम्व्याउने कोशिश गरिरहेको गरिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.