राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले खोजे मध्यमार्गी बाटो, निस्केला निकास ?

राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले खोजे मध्यमार्गी बाटो, निस्केला निकास ?

काठमाडौँ : राष्ट्रिय सभाको गठनमा देखिएको राजनीतिक जटिलताको गाँठो झन झन कसिएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान राष्ट्रपतिलाई भेट्न शीत्तल निवास पुगेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिकहाँ पठाएपछि बढेको जटिलताको हल खोज्न राष्ट्रपतिले प्रचण्डलाई शीत्तल निवास बोलाएकी हुन् ।

बिहीबार बिहान शीत्तल निवास छिरेका प्रचण्डलाई राष्ट्रपतिले डेढ घन्टासम्म राखेर संविधान नपढी आफूखुसी गर्दै हिँडेर आफूलाई अफ्ठेरोमा पार्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

‘तपाईँहरु पनि संवैधानिक प्रावधानलाई ख्याल नै नगरी निर्णय लिनुहुन्छ । दुवै हाउस गठन नभइ मैले कसरी संसद बोलाउन सक्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचनको सबै परिणाम आइसकेको छैन । राष्ट्रिय सभा नबनेको अवस्थामा संसद बोलाउन सकिँदैन । दुवै हाउस नखुली बैठक डाक्न पनि मिल्दैन ।’

भेटका क्रममा राष्ट्रपतिले राष्ट्रिय सभा गठनका लागि पाँच दलको बैठक बसेर साझा बिन्दु पहिल्याएर आउन पनि प्रचण्डलाई आग्रह गरेकी छन् । राष्ट्रपतिले एकल संक्रमणीय र बहुमतीयको विवादको समाधानको लागि यथाशिघ्र विकल्प खोज्न पनि प्रचण्डलाई भनेकी छन् ।

‘अध्यादेशमा यथाशिघ्र साझा बिन्दु पहिचान गरेर आउनुहोस् । राष्ट्र र जनताको जनमत प्राप्त दलहरुले यस्तो विधेकयमा अल्झनु राम्रो हुंँदैन’, प्रचण्डसँग राष्ट्रपतिको भनाइ उधृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने ।

राष्ट्रपतिका कुरा सुनेपछि अध्यक्ष प्रचण्डले राजनीतिक सहमति गरेर निकास खोज्दै विकल्पसहित आफू फेरि आउने जानकारी दिएको माओवादीका एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट अझै सार्वजनिक गरेको छैन ।

अध्यादेश र नयाँ सरकार गठनबारे प्रमुख तीन दल एमाले, कांंग्रेस र माओवादीबीचमा सम्झौता गर्नुपर्ने माओवादीको प्रस्ताव छ । भेटका क्रममा अध्यादेशलाई सहमतिमै निकास दिने जानकारी पनि राष्ट्रपतिले प्रचण्डलाई गराएकी थिइन् ।

मध्यमार्गी विकल्प खोजौँ

दाहालले राष्ट्रपतिसँग भएको वार्ताको जानकारी पार्टी सचिवालय बैठकमा गराएका थिए । उनले अब यसरी निकास ननिस्कने बताउँदै मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेको माओवादीका एक नेताले जानकारी दिए ।

एकल संक्रमणीय र बहुमतीयको विवादले राजनीतिक जटिलता बढेको बताउँदै अध्यक्ष दाहालले अब विकल्प खोज्न पनि निर्णय पुग्नुपर्ने बताएको माओवादी नेता मणि थापाले बताए । प्रचण्डले मध्यमार्गीको संकेत गरे पनि त्यसबारे प्रष्ट कुरा नल्याएको थापाले बताए ।

संविधाननले संघीय संसद भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभालाई मानेकाले अनिर्णयको अवस्थामा एकल संक्रमणीयमा जानुपर्ने तर्क थापाले पनि गरेका छन् । आगमी माघ ७ गते भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने संविधानको प्रावधानलाई मिच्न नहुने उनको तर्क थियो ।

‘माघ ७ भित्रमा वामपन्थी गठबन्धनको सरकारले राज्य सञ्चालन गरिसक्नु पर्छ’, थापाले भने, ‘त्यसका लागि विकल्प खोज्ने अध्यक्षले बताइसक्नुु भएको छ ।’

राजनीतिक सम्झौता भएको अवस्थामा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश अघि बढ्दै प्रदेश प्रमुखहरुको नियुक्तिका सन्दर्भमा पनि सहमति खोजिने तर्फ दाहालले सचिवालयमा आफनो धारणा राखेका थिए ।

बुधबार मात्रै वामपन्थी गठबन्धनका शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक साताको ग्यापपछि एक्ला एक्लै वार्ता भएको थियो । दुई नेताले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विस्थापित गर्न तथा पार्टी एकता निचोडमा लैजानेबारे गम्भीर छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.