शिवानीको डीजेमा फेसन फ्युजन

शिवानीको डीजेमा फेसन फ्युजन

काठमाडौं : डान्स र फेसनको फ्युजनमा झुमेका दर्शकले नयाँ वर्षको स्वागतको तयारी गर्दै क्रिसमसको मजा लुटेका छन्। काठमाडौंमा बढ्दै गएको चिसो मोडलको हट क्याटवाक र डीजेको डान्सले ततायो।

राजधानीको अन्नपूर्ण होटेलमा सम्पन्न फेसन र डिजेइङमा दर्शकले विभिन्न फेसनको मज्जा लिएका थिए। बालबालिका र तन्नेरी पुस्ता गरी दुईथरीको फेसन सो त्यहाँ भएको थियो। प्रारम्भिक र मध्य गरी दुई सिक्वेन्समा रिविया तन्डुकार, क्रिस्टिना पौडेल, युनिका पराजुलीसहित १६ जना बालबालिकाले पार्टी वेर फेसन, किड क्याजुअल फेसनजस्ता विविध डिजाइन र्‍याम्पमा प्रस्तुत गरे। सुजाता राउत र सपना भेटवालको कोरियोग्राफी रहेको सोमा बालबालिकालाई र्‍याम्पमा उतारिएको थियो।

पेज थ्री फेसनले विभिन्न चार सिक्वेन्समा आफ्ना सात दर्जन विविध डिजाइनका पहिरन र्‍याम्पमा उतारेको थियो। धिराज तन्डुकारले कोरियोग्राफी गरेको तन्नेरी पुस्ताको फेसन सोमा २५ जना महिला र पुरुष मोडलले वाक गरे। उनीहरूले लेहँगा चोली, पार्टी गाउन, वान पिस, सर्ट, स्कर्ट, सार्ट गाउन, क्याजुअल, शेरवानीजस्ता विविध फेसन प्रस्तुत गरेका थिए। मोडलहरू ममता बस्नेत, सरिता रामदान, अपेक्षा खड्का, परिश्मा दाहाल, शुभेच्छा केसी, शिल्पा सैंजू, रवना तण्डुकार, धु्रव बुढाथोकी, प्रकाश शाह, राघव अग्रवाललगायतका मोडलले क्याटवाक गरे।

फेसनमा गायक आनन्द कार्कीको गायन र महादेव त्रिपाठीको प्रहसनले दर्शकलाई थप मनोरञ्जन दिएको थियो। भारतकी डीजे शिवानी ओवरायले मध्यरातमा दर्शकलाई निरन्तर नचाइन्। उनले चल्तीका हिन्दी र अंग्रेज गीतसँगै नेपाली गीत मिक्स गरेर दर्शकलाई निरन्तर नचाएकी थिइन्। राति १२ देखि १ बजेसम्म नेपाली डीजेहरू सुरज र साइनले दर्शकलाई नचाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.