बिल गेट्सलाई मन पर्‍यो ‘ट्‍वाइलेट'

बिल गेट्सलाई मन पर्‍यो ‘ट्‍वाइलेट'

नयाँदिल्ली : संसारका धनाढ्य बिल गेट्सले भारतका ग्रामीण इलाकामा सरसफाइ गर्न तथा दूरदराज गाउँका घरमा शौचालय बनाउन प्रेरित गर्ने चलचित्र ‘ट्वाइलेट : एक प्रेमकथा' को प्रशंसा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्वाइलेट : एक प्रेमकथा' बलिउडको चलचित्र हो । यसमा एक नवविवाहित जोडीको रोमान्स देखाइएको छ । यो चलचित्रले भारतमा भएको सरसफाइको चुनौतीबारे दर्शकलाई जागरुक बनाउँछ ।'

११ अगस्टमा रिलिज गरिएको अक्षय कुमार र भूमि पेडनेकर अभिनीत यो चलचित्रमा देशका लागि सामाजिक सन्देशमात्र थिएन, सर्वसाधारणलाई ट्वाइलेटको आवश्यकताबारे जानकारी गराउँदै ट्वाइलेट बनाउन जागरुक बनाइएको थियो । चलचित्रमा सरसफाइलाई विशेष ध्यान दिँदै खुला स्थानमा शौच गर्दा महिलाले भोग्नु परेका पीडा पनि देखाइएको छ ।

अक्षय कुमार अभिनीत चलचित्रको प्रशंसा गर्दै गेट्सले ट्विटरमा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छता अभियानलाई चलचित्रले सघाएको बताएका छन् । प्रधानमन्त्री मोदीले पनि अक्षय कुमारको यो चलचित्रको तारिफ गर्दै ट्विट गरेका थिए । ‘यसलाई एक चलचित्र मात्र नभनेर सरसफाइ आन्दोलन भन्नुपर्छ', प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.