सेलिब्रिटीका नयाँ वर्ष गन्तव्य

सेलिब्रिटीका नयाँ वर्ष गन्तव्य

सधैं व्यस्त रहने बलिउड सेलिब्रिटी रमाइलो गर्नका लागि अवसरको खोजीमै रहन्छन् । क्रिसमस होस् या दिवाली, सेलिब्रिटीहरू एकै ठाउँमा आएर एकआपसमा खुसी साटासाट गर्ने गर्छन् । सन् २०१७ लाई बिदा गरेर सन् २०१८ लाई कसरी स्वागत गर्ने र यो अवसरलाई कसरी अविस्मरणीय बनाउने भनेर बलिउड सेलिब्रिटीमध्ये धेरैले आआफ्ना योजना तय गरिसकेका छन् । कतिपयले नयाँ वर्षलाई आफ्नै परिवार र साथीभाइसँग मनाउने भएका छन् भने धेरैले यो अवसरमा विदेशका विभिन्न ठाउँ घुमेर रमाइलो गर्ने सोच बनाएका छन् ।

urn_feed-wenn-com_newsfeedarticle_1_16298_8_636x978बलिउडका चर्चित नायक आमिर खानले नयाँ वर्षमा पत्नी किरण रावसँग थाइल्यान्डमा बिताउने सोच बनाएका छन् । सोही अवसरमा उनले यशराज फिल्म्स्को नयाँ चलचित्र ‘ठग्स् अफ हिन्दुस्थान’को पनि छायांकन गर्ने भएका छन् । उक्त चलचित्रमा आमिरका साथमा अमिताभ बच्चनले पनि काम गरेका छन् ।

बलिउडका अर्का स्टार अक्षय कुमारले भने नयाँ वर्ष पत्नी टुइंकल खन्नाका साथमा अफ्रिकामा मनाउने भएका छन् । उताबाट फर्केपछि उनी आफ्नो फिल्म ‘पद्मन’को प्रचारप्रसारका काममा जुट्ने भएका छन् । हाल विभिन्न सिनेमाघरमा प्रदर्शन भइरहेको फिल्म ‘टाइगर जिन्दा हे’का कारण चर्चामा रहेका नायक सलमान खानले भने मुम्बईमै बसेर आफ्ना साथीभाइ, परिवार र नातेदारसँग नयाँ वर्ष मनाउने भएका छन् ।

नायिका करिना कपुरले पति नायक सेफ अलि खान र छोरा टइमुर अलि खानसँग नयाँ वर्ष युरोपतिर मनाउने भएका छन् । त्यसैगरी दीपिका पादुकोणले यो नयाँ वर्षमा बैंग्लोरमा रहेको आफ्नो परिवारलाई समय दिने भएकी छन् । उनीहरूसँगै बसेर उनले नयाँ वर्षमा रमाइलो गर्ने भएकी छन् ।

2010-1-Kangana-Ranaut-Beauty-Vogue-India

बलिउडमा कान्छी नायिकाका रूपमा चर्चा कमाएकी आलिया भट्ट भने यो नयाँ वर्षमा आफ्ना नजिकका साथीहरूसँग इन्डोनेसियाको बाली जाने भएकी छन् । उनको मिल्ने साथीहरूमध्येकै एक अर्को वर्षको सुरुमै विवाहबन्धनमा बाँधिने भएकाले बालीमा उनीहरूले ‘ब्याच्लरेट पार्टी’ पनि मनाउने भएका छन् ।

धेरैपछि फिल्ममा देखा पर्न लागेका नायक सञ्जय दत्तले भने आफ्नो नयाँ फिल्म ‘तोरबाज’को सुटिङ सेटमै नयाँ वर्ष मनाउने भएका छन् । उक्त अवसरमा उनलाई उनका परिवारका सदस्यले पनि साथ दिने भएका छन् । फिल्म ‘केदारनाथ’को छायांकनमा व्यस्त नायक सुशान्त सिंह राजपुतले यो नयाँ वर्ष न्युयोर्कमा मनाउने भएका छन् । नयाँ वर्षको रमझम सकाएर आएपछि उनी पुनः फिल्मको छायांकनमा लाग्ने भएका छन् ।

अनिल कपुरकी छोरी सोनम कपुर भने नयाँ वर्षको छुट्टी मनाउन लन्डन जाने भएकी छन् । त्यसैगरी कंगना रनावतले भने फिल्म ‘मनीकर्णिका’को सेटमा नै नयाँ वर्ष मनाउने योजना बनाएकी छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.