बाटो बनाउन गाउँले आफैँ जुटे
तौलिहवा : कपिलवस्तु शिवराज ९ का स्थानिय गाउँसम्म पुग्ने बाटो मर्मत गर्न श्रमदानमा जुटेका छन् । बाटो राम्रो नभएर वर्षौंदेखि सास्ती बेहोर्दै आएका गाउँले ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा सहित श्रमदानमा जुटेका हुन् ।
खोलाको बगर हुँदै गाउँसम्म पुग्ने कच्ची मोटर बाटो निर्माण गर्न गाउँले सक्रिय रहेको वडाध्यक्ष चुरबहादुर खडकाले बताए । उमरी गाउँको पश्चिम सुरही खोलाको बगरमा पर्ने छ मिटर चौडा बाटोमा माटो पटान कार्य भइरहेको उनको भनाइ छ । श्रमदानमा महिला, पुरुष, बालबालिका सक्रिय छन् ।
उक्त खोलामा पुल नहुँदा वर्षौंदेखि त्यस भेगका बासिन्दा सास्ती भोग्दै आएका छन् । पुल निर्माणमा अहिलेसम्म कसैको ध्यान नगएको गाउँलेको भनाइ छ ।