समानुपातिकमा नपरेपछि राजपा नेपालको पार्टी कार्यालय तोडफोड

समानुपातिकमा नपरेपछि राजपा नेपालको पार्टी कार्यालय तोडफोड

काठमाडौं: एकजना नेतालाई समानुपातिकबाट सांसद नबनाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालको काठमाडौँस्थित कार्यालयमा तोडफोड गरिएको छ ।

राजपा नेपालले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको सूचीमा नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम नपरेको भन्दै उनका समर्थकले राजपाको कार्यालय तोडफोड गरेका हुन् ।

आफूले दिएको लामो योगदानको बेवस्ता गर्दै पार्टीले समानुपातिक सांसद नबनाएर अन्याय गरेको गुनासो सिंहले गरेका छन् । जागिर अझै १० वर्ष बाँकी रहेकै अवस्थामा राजपाले संसदको टिकट दिने भनेपछि राजीनामा दिएको बताउँदै उनले समानुपातिकको उम्मेद्वार बनाएर अहिले नाम काटिएको भन्दै दु:ख जनाएका छन् ।

राजपाले सिंहको नाम अल्पसंख्यकतर्फ एक नम्बरमा राखेको थियो । तर उनले आफूलाई हटाएर अर्कैलाई समानुपातिक सांसद बनाएको गुनासो गरे । तर सिंहले पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

पार्टी कार्यालयका कर्मचारी प्रदीप पाठकले तोडफोड भएको बताउँदै क्षतिको एकीन नभएको उल्लेख गरे । सिंहका समर्थकहरुले पार्टी कार्यालयको बोर्ड, फर्निचर र अन्य सामान तोडफोड गरेका छन् ।

राजपा नेपालबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको अन्तिम सूचीमा निलम देवी भुमिहारनी, रामप्रवेश बैठा, अन्जुकुमारी, पुनम यादव, बबिता चौधरी, डिम्पल झा, रामनरेश राय यादव, विभा ठाकुर, जानकीशरण साह र लैला खातुन अटेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.