प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त यादवबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त यादवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीसँग शुक्रबार भएको भेटमा उक्त जानकारी गराएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण गरेपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिएकी थिइन् ।

डा. यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा प्रधानमन्त्री समक्ष अवगत गराएको घिमिरेले बताए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र यसका पदाधिकारीलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।

डा. यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गरेको आयोगले बताएको छ ।

भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.