शरद भेषावकरले ५० रन बनाए
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेलमा भैरहवा ग्याडियटर्सका कप्तान शरद भेषावकरले ५० रन पूरा गरेका छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले भेषवाकरको कप्तानीमा रहेको भैरहवालाई १५० रनको विजय लक्ष्य दिएको छ । लक्ष्य पछ्याउने क्रममा भैरहवाले दुई विकेटको नोक्सानीमा १४ ओभरमा १०२ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो ।