ओली र प्रचण्डले चोला फरेको बिजुक्छेको आरोप

ओली र प्रचण्डले चोला फरेको बिजुक्छेको आरोप

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चोला फेरेको आरोप लगाएका छन् ।

नेमकिपा समर्थित प्राध्यापक समाज नेपालद्वारा शनिबार आयोजित ‘समाजवादी आन्दोलन विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा बिजुक्छेले ओली र प्रचण्डले वर्ग संघर्षको बाटो समेत छोडेको बताए ।

कार्यक्रम जोसेफ स्तालिनको १३९ औं जन्म जयन्ती, माओ त्सेतुङको १२४ औं जन्म दिवस तथा क्युबाको ५४ औं जनक्रान्ति दिवसको अवसरमा गरिएको थियो ।


‘वर्ग संघर्षको बाटो कहिल्यै सरल र सीधा हुँदैन’, अध्यक्ष बिजुक्छेले भने, ‘यसले नागबेली बाटो लिन्छ । त्यसैले हाम्रा ठूला कम्युनिष्ट नेताहरुले पनि नागसरी चोला फेरेर हिँडेका छन् ।

उनले कम्युनिष्ट नेताद्वय ओली–प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाबीच कुनै भिन्नता नभएको बताउँदै भने, ‘विश्व कम्युनिष्ट आन्दोलनको इतिहास देश र जनताको सेवा गर्ने हो । व्यक्तिगत स्वार्थ पूरा गर्र्नमा ओली, प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाबीच कुनै भिन्नता छैन ।’

फरक प्रसंगमा अध्यक्ष बिजुक्छेले विश्वमा तेस्रो युद्धको खतरा संकेत गर्दै उत्तर कोरिया र अमेरिकाबीचको द्वन्द्व विश्वभर फेलिने खतरा बढेको बताए ।

‘दक्षिण एसियाभित्रै भारतविरुद्ध साना राष्ट्रहरुले संघर्ष गर्न थालेका छन् । अफगानिस्तानलाई पाकिस्तानविरुद्ध प्रयोग गर्ने भारतको लक्ष्यमा चीन बाधक बन्दै आएको छ’, उनले भने, ‘युरोपमा सधैं द्वन्द्व भइरहेकै छ । शक्ति राष्ट्रले युद्धको तयारी आआफ्नो ढंगले अघि बढाइरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.