पूर्वराजा र कमल थापाबीच के कुरा भयो ?

पूर्वराजा र कमल थापाबीच के कुरा भयो ?

नेपालगन्ज : धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । शनिबार होटल सोल्टीमा वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।

निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाबारे औपचारिक जानकारी गराएका छन्। थापाले पूर्वराजालाई वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ। बिहीबार बाँकेमा आएका पूर्वराजाले शुक्रबार यहाँका उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवासँग भेटघाट गरेका थिए ।

‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ, उहाँ यही हुँदा मेरो भेट गर्नु कर्तव्य पनि हो । नितान्त रुपमा उहाँसँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिका विषयमा छलफल भएको छ ।’

शनिबार साँझ पत्रकार सम्मेलनमा थापाले सञ्चारकर्मीसँग राजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले हेर्न आग्रह गरे । उनले पूर्वराजासँग शिष्टाचार भेटघाट भएको र छलफल पनि शिष्टाचार नै भएको बताए । ‘उहाँले पनि हाम्रो चुनावी परिणाम र राप्रपाको आगामी कार्यदिशाको विषयमा सोध्नुभयो, सबैले उहाँलाई राजनीतिक भ्रमण भने पनि भेट गरेपछि मलाई त्यस्तो लागेको छैन।’

राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई जनताले अस्वीकार गरे
अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण कार्यकर्ता निराश भएका कारण आफू देशभरमा कार्यकर्तालाई हौसला प्रदान गर्न दौडिरहेको बताए । कार्यकर्तालाई निर्वाचनको परिणामबाट कत्ति पनि नआत्तिन थापाले अनुरोध गरेका छन् । ‘हामीले सोचेका पनि थिएनौं, तीन प्रतिशत भन्दा कम मत आउँछ भनेर,’ उनले भने, ‘यो परिणामले कार्यकर्तामा केही निरशा छाएको छ । तर, आत्तिनुपर्दैन एकपटक लडेपछि फेरि उठ्न सकिन्छ ।’

पटक–पटक सरकारमा जाने प्रवृतिले गर्दा राप्रपा खुम्चीएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भने, ‘पक्कै पनि जनताले त्यही सोचेर नै सडकमा पु¥याएका होलान, अब हामी सच्चिएर अगाडि बढ्ने छौं ।’ उनले राप्रपा सरकारमा बसेर भन्दा पनि सडकबाट संघर्ष गरोस भन्ने जनताको चाहना भएकाले निर्वाचनमा पराजय भोग्नुपरेको अनुभव सुनाए ।

राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको अध्यक्ष थापाको भनाइ छ । उनले अब बस्ने केन्द्रीय समिति बैठकले चुनावी समीक्षा गर्ने बताए । राप्रपाको समीक्षा बैठक १९, २० र २१ गते बस्दै छ । ‘हामीले हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डा बोक्दा ग्रहदशा बिग्रियो, जनताले सडकमा ल्याए । यी एजेण्डा अहिले कमजोर भएका छन्, अब सडकबाटै एजेण्डा स्थापित गर्न संघर्ष गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.