तस्बिरमा गुरुङ समुदायको ल्होसार
काठमाडौं : शनिबार गुरुङ समुदायले उत्साहका साथ ल्होसार मनाएको छ । हरेक वर्षजस्तै शनिबार गुरुङ समुदायले राजधानीको टुँडिखेलमा समेत नयाँ वर्षको रुपमा तमु ल्होसार विशेष रुपमा मनाएको छ । चरा वर्गलाई विदाई गर्दै कुकुर वर्गको स्वागत गरेर भव्यताका साथ ल्होसार मनाएको हो । झाँकीसहित वसन्तपुरबाट टुँडिखेल पुगेर नाचगानका साथ गुरुङ समुदायले ल्होसार पर्व मनाएको हो । टुँडिखेलमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले ल्होसारको शुभकामना दिएका छन् ।