सरकार गठन अगाडि पार्टी एकता : प्रचण्ड

सरकार गठन अगाडि पार्टी एकता : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताएका छन।शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो। नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुंगो लगाउँने प्रयास गरेका छौं।’

जनताले वाम गठबन्धनलाई अत्याधिक मत दिएर जिताएकाले पनि पार्टी एकताको विकल्प नभएको उनको भनाइ छ। ‘वाम गठबन्धनलाई जनताले अत्याधिक मतले जिताएका छन्। यो हाम्रा लागि अवसर मात्र होइन, चुनौति पनि हो’, प्रचण्डले भने, ‘जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, अब पनि भ्रष्टाचार, अब पनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन। यो शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएको ठूलो मौका हो, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं।’

शनिबार दिउँसो नै एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको जनादेश वामपन्थीका लागि अग्निपरीक्षा भएको बताए।

‘जनताले हामीलाई विश्वास गरेका छन्। अबको बहस विकासको हो, समृद्धिको बहस हो, विकास र समृद्धिमा गुणात्मक छलाङ् जरुरी छ, त्यसका लागि वामदेवजीको पुस्तकले महत्वपूर्ण प्रेरणा दिनेछ’, प्रचण्डले भने, ‘हामी सफल भए देशको विकासको नयाँ युगतिर जान्छ। ५० वर्षअघि हाम्रै हाराहारीमा रहेका सिङ्गापुर, कोरिया र मलेसिया आज विकासको नयाँ युगमा छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.