एकतामा कुनै ‘कन्फ्युजन' छैन : ओली

एकतामा कुनै ‘कन्फ्युजन' छैन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले वाम पार्टीलाई एक हुन नदिन विभिन्न अन्योल सिर्जना गर्न खोजिए पनि एकता भएरै छाड्ने बताएका छन्। पुष्पकमल दाहाललाई पूरै कार्यकाल प्रधानमन्त्रीको ‘चारो' फ्याँकिनु त्यसको एउटा उदाहरण भएको उनले प्रष्ट्याए। ‘दाहालज्यूलाई माया गरेर उनीहरूले प्रधानमन्त्री बनाउन खोजेका होइनन्', उनले भने, ‘हामीलाई एक हुन नदिने खेलस्वरूप यस्तो चारो फ्याँकिएको हो।

हामीमाथि जस्तासुकै षडयन्त्र बुन्ने र भ्रम सिर्जना गर्न खोजिए पनि खेर जानेछन्।' एमाले उपाध्यक्ष वामदेव गौतमले लेखेको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान' विमोचनमा ओलीले राष्ट्र निर्माणका लागि जनताले दुई पार्टीलाई जनमत दिएकाले अब त्यो जिम्मेवारीबाट पछि नहट्ने र नबहकिने प्रष्ट्याए। अहिले विकास र स्थिरता अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले पुस्तकमा उल्लेख परिकल्पनाहरू साकार पार्न सकिने दाबी गरे।

वामपन्थीहरू लोकतन्त्रवादी भएकाले त्यसप्रति कुनै आशंका नगर्न उनले आग्रह गरे। ‘हामीले हिजो संविधान निर्माण गर्‍यौं, अब त्यसको कार्यान्वयन गर्न हामीलाई गाह्रो छैन। वाम सरकारले लोकतन्त्र मास्छन् भनेर अनेकौं शंकाआशंका पैदा गर्न खोजिए पनि ती सबैलाई चिर्ने छौं', उनले भने, ‘अब पनि यस्ता खेलमा लागेर उन्नत अभ्यास गरिएन भने देश पछि पर्छ।'

स्थिरता र समृद्धिमा नलागे राजनीतिक दुर्घटना : दाहाल

जनमतको सम्मान गर्दै समृद्धिको यात्रामा सहयात्रा गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताए। उनले भने, ‘शान्ति र समृद्धिको यात्रामा दुई वाम पार्टीहरू प्रवेश गरिसकेका छन्। त्यसमा कुनै शंका छैन।'

राजनीतिक परिर्वतनपछि विकासले गति नलिँदा हिजो देश राजनीतिक दुर्घटनाको सिकार भएको उल्लेख गर्दै दाहालले अब पनि जनमतको कदर गरी समृद्धिको यात्रामा नलागे त्यस्ता दुर्घटना फेरि दोहोरिन सक्नेतर्फ सचेत पारे। ‘शान्ति, समृद्धि र सुशासनको यात्रा अब पनि थालेनौं भने फेरि पनि राजनीतिक दुर्घटना निम्तिन्छ', उनले भने। अब १० वर्षभित्र देशमा विकासको नयाँ क्रान्ति गर्ने पनि उनले दाबी गरे। उनले नेपालको समृद्धिको यात्रा अन्य देशभन्दा भिन्न र मौलिक हुने दाबी समेत गरे। समृद्धिको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने उनले प्रष्ट्याए। ‘देशको स्थायित्व र समृद्धिको यात्रामा हामी हिँड्न लागेका छौं। यो यात्रा वाम पार्टीका लागि अग्निपरीक्षा हो', उनले भने। समृद्धिका लागि भ्रष्टाचार अन्त्य गर्न अत्यावश्यक रहेको पनि उनको भनाइ थियो। पुस्तकले समाज र देश विकासमा योगदान पुग्ने विचार राख्दै उनले गौतमको सिर्जना, मौलिकता र परि श्रमको प्रशंसा गरे।

०६७ सालमा राष्ट्र निर्माणको दस्तावेज बनाएको र पुष्पकमल दाहालले त्यसलाई पुस्तकाकारमा ल्याउन हौसला दिएको लेखक गौतमले सुनाए। पुस्तकले परिकल्पना गरेअनुरुप योजना बनाएर अघि बढ्न उनले अब गठन हुने सरकारलाई सुझाव पनि दिए। डा. युवराज संग्रौलाले टिप्पणी गर्दै गौतमको पुस्तक विकास, योजना, अनुभव, ज्ञान र आकांक्षाको मि श्रण रहेको बताए। माक्र्सवादी विचारबाट आए पनि पुस्तकले समग्र अर्थतन्त्रको विकासमा एउटा खाका दिएको उनको टिप्पणी थियो। अर्का टिप्पणीकार मोदनाथ पश्रितले नेपाल संस्कृति र सभ्यतामा धनी रहेकाले यसबाट लाभ लिन सकिने पुस्तकले औंल्याएको बताए।

 

दासढुंगामा कांग्रेसको संलग्नता आधारहीन : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिक विवाद अन्त्य गरी विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। समृद्धि यात्रामा भ्रष्टाचारको अन्त्य राज्यको प्रमुख अंग प्रधानमन्त्रीबाटै हुनुपर्ने उनको भनाइ थियो। मदन भण्डारीको हत्यामा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र कांग्रेसको हात रहेको गौतमको पुस्तकमा उल्लेख भएको तर त्यो असत्य भएको उनले बताए। ‘पुस्तकमा कताकता गिरिजाप्रसाद कोइराला र कांग्रेसलाई दासढुंगाको प्रसंगमा जोड्न खोजेजस्तो लागेको छ', उनले भने, ‘त्यो आधारहीन छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.