भव्यताका साथ मनाइयो ‘पुसे १५’

भव्यताका साथ मनाइयो ‘पुसे १५’

 

अछाम : एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वका रूपमा लिइने ‘पुसे १५’ पर्व ७ नम्बर प्रदेशका जिल्लामा हर्षाेल्लासपूर्वक मनाइएको छ । प्रत्येक वर्ष पुस १५ मा मनाइने यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।

 डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महŒवका रूपमा हेर्ने गरिन्छ । यो पर्वमा टोलछिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।

 १५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ । विशेषगरी युवतीहरू एकै ठाउँमा जम्मा भई ढुकढुके रोटी पकाउने र युवाहरूलाई निमन्त्रणा दिएर उनीहरूसँगै रोटी खाँदै न्याउले खेलेर, गीत कथा सुन्ने सुनाउने गरेर रमाइलो गर्दै रात बिताउने प्रचलन रहिआएको छ ।

 पर्वमा विवाहिता छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने गरिन्छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महŒव दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । मंगलसेनका शिवराज ढुंगानाले पहिलेको पुस्ताजस्तो गरी नयाँ पुस्ताले पुसे १५ नमनाएको बताए ।

 पुस १५ को रातलाई ठूली रात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको बैतडीका पण्डित दयाकृष्ण पन्तले बताए । उनले भने, ‘रातभरि कथा, कहानी स्थानीय भाषामा आइना, बातै सुन्ने र सुनाउने तथा तरुल, सखरखण्ड पकाएर खाने गरिन्छ ।’

 पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने प्रचलन छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट पुस १५ मै ‘कुन्क्यौलो’ अर्थात् ‘वनभोज’ खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित पन्तको भनाइ छ ।

 एक दिन भए पनि पुस १५ मा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘वनभोज’ जाने र मीठामीठा खानेकुरा खाने चलन छ । डिसेम्बर २२ लाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मानिन्छ । यसपछि दिन विस्तारै लम्बिँदै जाने र असार १५ लाई वर्षकै लामो दिन मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.