होलिकप्टर मार्फत सङ्खुवासभाको मतपत्र काठमाडौं लगियो

होलिकप्टर मार्फत सङ्खुवासभाको मतपत्र काठमाडौं लगियो

सङ्खुवासभा : सर्वोच्च अदालतको आदेश अनुसार आइतवार निर्वाचन आयोगले हेलिकप्टर मार्फत सङ्खुवासभाको मतपत्र काठमाडौं लगेको छ । निर्वाचनमा पराजित नेपाली कांग्रेसका प्रतिनिधसभा उम्मेदवार दिपक खड्काले प्रतिनिधि सभातर्फको पुनः मतगणनाको माग गदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेश अनुसार निर्वाचनमा प्रयोग भएका मुचुल्का लगायत मतपत्र सहित सम्पूर्ण कागजात निर्वाचन आयोगले नेपाली सेनाको हेलिकप्टर मार्फत आयोगको कार्यालयमा लगेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । आयोगले जिल्ला निर्वाचन कार्यालयलाई मतपत्र सहितको कागजात पठाउन लिखित पत्र पठाएपछि निर्वाचनमा प्रयोग भएका सम्पुर्ण सामाग्री हेलिकप्टर मार्फत पठाइएको प्रजिअ जोशीले बताए । उनले सर्वोच्चको आदेश अनुसार निर्वाचन सामाग्री आयोगले अदालतमा पेश गर्ने बताए ।

प्रतिनिधि सभातर्फको मतगणनाको क्रममा आफ्ना मतहरुलाई बदर बनाइएको भन्दै पराजित उम्मेदवार खड्काले पुनः मतगणनाको मग गदै सर्वोच्चमा रिट दायर गरेको थिए । प्रतिनिधि सभातर्फ ३ हजार २ सय ५६ मत बदर भएको थियो । जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतपत्र आयोगले लगेको हो । सङ्खुवासभा जिल्लामा प्रतिनिधि सभातर्फ ६९ हजार २ सय ४६ मत खसेको थियो । प्रदेश सभा (क) मा ३३ हजार ४ सय ९६ र (ख) मा ३५ हजार ६ सय ९७ मत खसेको थियो । खड्का नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएका थिए । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएका थिए भने खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.