प्रचण्डलाई ओलीसँग मिल्न दिनु हुँदैन : कोइराला

प्रचण्डलाई ओलीसँग मिल्न दिनु हुँदैन : कोइराला

पोखरा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माओवादी केन्द्रलाई एमालेसँग एक हुन नदिन पहल गर्ने बताएका छन्। आइतबार पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाम गठबन्धनबाट छुटाउने चाहना व्यक्त गरेका हुन्। ‘पुष्पकमल दाहाललाई गठबन्धनबाट अलग्याउने कुरा उठ्या छन्’, कोइरालाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘साथीहरुले कुरा गर्नुप¥यो भन्या छन्, म कुरा गर्ने मनस्थितिमा छु।’

वामगठबन्धनबाट दाहाललाई अलग्याउन सके आफूहरुलाई रणनीतिक सफलता मिल्ने दाबी कोइरालाले गरे। निर्वाचनमा कांग्रेसको पराजयको अपजस पार्टी सभापतिलाई नदिन पनि उनले आग्रह गरेका छन्। ‘पार्टी सभापतिलाई आरोप गर्नुभन्दा कहाँ त्रुटि भएको छ, हेर्नुपर्‍यो’, उनले भने, ‘त्रुटिहरु धेरै छन्। टिकट वितरणमा त्रुटि भएको छ। मूल्यांकन गर्ने हाम्रो क्षमता कमजोर रहेछ।’

अबको ५ वर्ष पार्टी सुधारमा आफू केन्द्रित हुने अठोट पनि कोइरालाले सुनाए। ‘पार्टीलाई चुस्त, दुरुस्त पार्ने मेरो भूमिका हुन्छ, मलाई न प्रधानमन्त्री बन्ने मन छ न पार्टी सभापति’, उनले भने, ‘बिपी कोइरालाले स्थापना गरेको पार्टीमा सुधार ल्याउँछु, त्यो गरें भने मेरो जीवन सफल भयो भन्ने म ठान्छु।’

अबको हप्ता १० दिनमा पार्टीको केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने जानकारी समेत कोइरालाले दिए। गलत भएका कुरा स्वीकारेर अघि बढ्ने उनले सुनाए। संसदमा अब कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका खेल्ने कोइरालाको भनाइ छ। ‘ठिक गरे ठिक र गलत गरे गलत भन्नुपर्छ’, उनले भने, ‘दोषीमात्रै ठहर्‍याएर राष्ट्रको उन्नति हुँदैन।

कास्की २ मा पराजित नेता देवराज चालिसेले पार्टी नेतृत्व बदल्ने गरी उठेका मागमा आफ्नो समर्थन नरहेको विचार व्यक्त गरे। ‘मुख्य कुरा नीति हो, नीति प्रष्ट बनाए पुग्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.