कांग्रेस अब कता ? धनराज र प्रदीप भन्छन्ः नीति र नेतृत्व दुवै फेरौँ

कांग्रेस अब कता ? धनराज र प्रदीप भन्छन्ः नीति र नेतृत्व दुवै फेरौँ


काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरु पार्टी महाधिवेशनको पक्षमा देखिएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेसका युवा नेताहरु महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

वाम गठबन्धनलाई देखाएर शीर्ष नेतृत्व उम्किन नमिल्ने बताउँदै उनीहरुले अब चाँडो भन्दा चाँडो पार्टीको महाधिवेशनमा जाुनपर्ने अडान राखेका हुन् ।

'अर्ली' महाधिवेशन विकल्प

कांग्रेसका युवा नेता धनराज गुरुङले कांग्रेस निर्वाचनमा पराजित भएको अवस्थामा नेतृत्वले गल्ती स्वीकार्दै ‘अर्ली’ महाधिवेशन गर्नुपर्ने बताउँछन् । ‘अब विशेष होइन ‘अर्ली’ महाधिवेशन गर्नु पर्ने जरुरी भइसकेको छ’, उनी भन्छन् ।

अर्का युवा नेता प्रदीप पौडेलले नीतिगत र संरचनागत परिवर्तनका लागि महाधिवेशन जानुको विकल्प नरहेको धारणा राखेका छन् ।

अन्नपूर्ण पोस्ट् डटकमसँग कुराकानी गर्दै नेता गुरुङले पार्टीलाई नयाँ गति दिन नीतिगत र नेतृत्व दुवैमा परिवर्तन हुनुपर्ने बताए । उनले नीति र नेतृत्व परिवर्तनका लागि विशेष अधिवेशनले मात्र नहुने बताउँदै नयाँ संरचना अनुसार पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

गगनसहित विशेष महाधिवेशनको पक्षमा

गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका नेताले पार्टीको विशेष अधिवेशन बोलाउन माग गरिरहेका छन् । अर्का युवा नेता विश्वप्रकाश शर्माले भने अहिले विशेष अधिवेशनको औचित्व नरहेको बताउँदै आएका छन् ।

नेतृत्व परिवर्तनको लािग विशेष अधिवेशन बोलाउने कुरामा आफ्नो असहमति रहेको बताउँदै नेता गुरुङले कार्यनीति र भावी कार्यदिशामा व्यापक छलफल गर्नुपर्ने बताए । ‘नेतृत्व परिवर्तनले मात्र कांग्रेस सुदृढ हुँदैन’, उनले भने, ‘नीति र संरचनामा नै परिवर्तन हुनुपर्छ ।’

फेरिएन पुरानो संरचना

पार्टी पुरानै संरचनामा रहेकोले संगठनात्मक संरचना नै परिवर्तन गर्नुपर्ने गुरुङको मत रहेको छ । ‘मुलुक संघीयतामा गइसक्यो तर हाम्रो पार्टी पुरानै संरचनामा छ, ३३० प्रादेशिक कमिटी हुनुपर्ने हो, हाम्रोमा प्रादेशिक कमिटी नै छैन,’ उनले भने, ‘हाम्रो पार्टीका क्षेत्रीय समिति समेत २४० वटा छन्, अहिले मुलुकमा १६५ वटा मात्रै क्षेत्र छन्, कहीँकहीँ अहिले दुई क्षेत्रीय सभापति छन् ।’

उनले कांग्रेसको गाउँपालिका र नगरपालिकामा समेत पुरानै संरचना रहेको बताए । उनले पुरानो संरचनालाई भत्काएर नयाँ ढाँचामा लानका लागि ‘अर्ली ’महाधिवेशनको विकल्प नरहेको बताए । उनले नयाँ संरचना बमोजित गाउँपालिका, नगरपालिका हुदै प्रादेशिक अधिवेशन गर्दै महाधिवेशन गर्नु पर्ने बताए ।

 ‘नेतृत्व परिवर्तनले मात्र कांग्रेस सुदृढ हुँदैन’, उनले भने, ‘नीति र संरचनामा नै परिवर्तन हुनुपर्छ’

उनले निर्वाचनमा भएको पराजयको गम्भीर समिक्षा गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने बताए । नेता गुरुङले अन्य युवा नेताले जस्तै पराजयको पछाडि आन्तरिक र बाह्य दुवै कारण रहेको बताए । राजदूत, आइजिपी र प्रधानन्यायाधीशमाथि महाअभियोग प्रकरणले कांग्रेसलाई निर्वाचनमा ठूलो क्षति भएको उनको निचोड छ ।

‘पार्टीले गरेका राम्रा काम समेत नेतृत्वको कमजोरीका कारण जनतासमक्ष पु¥याउन सकिएन’, उनले भने ‘अहिंसाको नेतृत्व गरेको कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माणमा नेतृत्वदायी भुमिका खेलेको थिए । संविधान च्यात्ने र जलाउनेलाई समेत संविधानको दायरामा कांग्रेसले ल्याएको कुरा निर्वाचनको समयमा ओझेलमा परेर गयो ।’

हारको कारण वाम पनि

निर्वाचनको मुखमा भएको वाम गठबन्धन समेत कांग्रेसको हारको कारण भएको उनको निचोड छ । ‘लोकप्रिय मत एमालेकै हाराहारी आयो भनेर सन्तोष गर्नेहरु पनि देखिए’, उनले भने, ‘२०१५ सालको आमनिर्वाचनमा ३७ प्रतिशत लोकप्रिय मत ल्याएको कांग्रेसले २०७४ सालमा ३३ प्रतिशतमा झर्नु पक्कै पनि दुःखद कुरा हो ।’

गलत उम्मेदवार चयन

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनबाट सांसद भएका गुरुङलाई समानुपातिक तथा प्रत्यक्ष कतै पनि उम्मेदवार बनाइएन । उनी उम्मेदवार चयनमा भएको त्रुटिले समेत ठुलो घाटा भएको मत राख्छन् ।

कांग्रेसलाई पुनर्जीवित गर्न छलफल र परामर्श तीब्र पारिएको पौडेलेको भनाइ छ । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले ३७ प्रतिशत लोकप्रिय मत हासिल गरेका थियो । ६० वर्षको अन्तरालमा कांग्रेसको ४ प्रतिशत लोकप्रिय मत घटेको छ । अहिले कांग्रेसले ३३ प्रतिशत मत ल्याएको छ ।

‘हाम्रा उम्मेदवारी चयनमा गुटकरण भयो, लोकप्रियलाई टिकट नै दिइएन’, गुरुङको मत छ, ‘राम्रो भन्दा हाम्रोलाई टिकट बाडियो, त्यसले नतिजामा ठुलो असर गर्यो‍ ।’

वामलाई देखाएर उम्किन पाइँदैन

अर्का युवा नेता पौडेलले निर्वाचनको पराजय वाम गठबन्धनलाई देखाएर पन्छिएको नेतृत्व चुनावी समीक्षा गर्न समेत तयार नभएको बताए । ‘हारको कारण वाम गठबन्धन मात्र होइन, अरु धेरै त्रुटि भएका छन्’, पौडेलले सुनाए ।

उनले तत्काल केन्द्रीय समितिको बैठक बसाएर हारको समिक्षा गर्नुपर्ने माग गरेका छन् । ‘पहिला केन्द्रीय समितिको बैठक बसेर हारको समिक्षा गुर्नप¥यो’, उनी भन्छन्, ‘त्यसपछि अन्य विकल्पमा जान सकिन्छ ।’

केन्द्रीय समितिको बैठकपछि महासमितिको बैठक बसाएर कुन बाटोमा जाने भन्ने कांग्रेसले तय गर्नुपर्ने पौडेलले बताए । उनले नेतृत्वदेखि नीतिगत र संरचनागत परिवर्तन समेत जरुरी रहेको बताएका छन् । नीतिगत र संरचनागत परिवर्तनका लागि महाधिवेशनमा जानुको विकल्प नरहेको पौडेलले निचोड निकालेका छन् । उनले गाउँदेखि क्षेत्र र प्रदेशको नयाँ संरचनाअनुसार निर्माण गर्न छिटो भन्दा छिटो अधिवेशन गर्नुपर्ने बताए ।

‘हारको कारण वाम गठबन्धन मात्र होइन, अरु धेरै त्रुटि भएका छन्’, 

कांग्रेसलाई पुनर्जीवित गर्न छलफल र परामर्श तीब्र पारिएको पौडेलेको भनाइ छ । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले ३७ प्रतिशत लोकप्रिय मत हासिल गरेका थियो । ६० वर्षको अन्तरालमा कांग्रेसको ४ प्रतिशत लोकप्रिय मत घटेको छ । अहिले कांग्रेसले ३३ प्रतिशत मत ल्याएको छ ।

२०१५ सालमा कुल १०९ सिटमा ७५ सिट जितेर दुईतिहाइ बहुमत ल्याउन सफल भएको कांग्रेसले २०४८ र २०५६ सालको निर्वाचनमा समेत बहुमत ल्याएको थियो । गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचमा कुल २७५ मा ६३ सिटमात्रै जित्न सफल भएर कांग्रेस दोस्रो पार्टीमा खुम्चिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.