‘विश्वमा नयाँ युद्धको खतरा’

‘विश्वमा नयाँ युद्धको खतरा’

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन्। नेपाल प्राध्यापक समाजले आइतबार गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले संयुक्त राष्ट्र संघले कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकोमा विरोध गर्दै तेल ढुवानीमा समेत प्रतिबन्ध लगाउनुले युद्धको खतरा बढेको बताएका हुन्।

रुसी क्रान्तिका नेता स्तालिन र चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको जन्म दिवस र क्युवाली स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै बिजुक्छेले इजरायलको राजधानी जेरुसलेम बनाउन भिटो प्रयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पका कारण भीडन्त अझ चर्किने बताए।

अध्यक्ष बिजुक्छेले भने, ‘भारतले हिन्द महासागरसमेत आफ्नो बनाउने षडयन्त्र गरिरहेको छ, पाकिस्तानमा चीनले बन्दरगाह बनाएको छ। अफगानिस्तान र पाकिस्तानमा चीनले सडक बनाएको छ। यसबाट भारत दक्षिण एशियामा एक्लिँदै गएको पुष्टि हुन्छ।’

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमाले एक संशोधनवादी पार्टी भएको टिप्पणी गर्दै एमाले नेपाली काँग्रेसकै बाटोमा हिँडेको र प्रतिगामी सरकारमा जाने पार्टी भएकाले क्रान्तिकारी हुन नसक्ने भन्दै आलोचना गरे।

कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवम् प्रदेशसभा सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको जगमा टिकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गरे।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.