रोनाल्डोको राज, महँगा नेमार

रोनाल्डोको राज, महँगा नेमार

क्रिस्टियानो रोनाल्डो विश्व फुटबल महासंघ (फिफा) द्वारा प्रदान गरिने वर्षको सर्वोत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित भए । सन् २०१७ मा विभिन्न प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा रोनाल्डोले ‘फिफा वर्ष खेलाडी’ पुरस्कार पाए । स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ३२ वर्षीय पोर्चुगिज खेलाडी रोनाल्डो पाँचौंपटक विश्वको उत्कृष्ट फुटबल खेलाडीको उपाधि चुमे ।

उक्त उपाधि स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पनि पाँचपटक नै जितेका थिए । यसपटक रोनाल्डोले मेसी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन खेलाडी नेमारलाई पछि पार्दै उक्त अवार्ड हात पारेका थिए । रोनाल्डोले सन् २०१६÷१७ मा रियल म्याड्रिडलाई घरेलु लिग र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडले इटालियन सिरिए क्लब युभेन्ट्सलाई ४—१ गोेलले हराउँदै रोनाल्डोले दुई गोलको योगदान गरेका थिए । त्यसअघिको सिजनको च्याम्पियन्स लिगको उपाधि पनि रियल म्याड्रिडले नै जितेको थियो । रोनाल्डोले यसअघि सन् २००८, सन् २०१३, सन् २०१४ र सन् २०१६ मा यो सफलता हात पारेका थिए । मेसी भने सन् २००९ देखि सन् २०१२ सम्म लगातार र सन् २०१५ मा विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका थिए । रोनाल्डोले सन् २०१६÷१७ सिजनमा रोनाल्डोले रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधि चुमाएका थिए ।

फिफा वर्ष खेलाडी मात्र होइन रोनाल्डोले लगातार दोस्रो वर्षको उत्कृष्ट फुटबल खेलाडीको रूपमा ‘बेलन डी ओर’ अवार्ड जिते । रोनाल्डोले पाँचौंपटक ‘बेलन डी ओर’ अवार्ड जितेका हुन् । संयोगनै मान्नु पर्छ रोनाल्डोले ‘बेलन डी ओर’ मा पनि मेसीलाईनै पछि पारे र मेसीसँगै अवार्ड संख्या बराबरी पुर्‍याए । मेसीले पनि यसअघि पाँचपटक ‘बेलल डी ओर’ अवार्ड जितेका थिए । सन् २०१६ मा पनि रोनाल्डोले मेसीलाई नै पछि पारेका थिए । यसमा पनि ब्राजिलियन नेमार तेस्रो भए । यसअघि रोनाल्डोले सन् २००८, सन् २०१३, सन् २०१४ र सन् २०१६ मा उक्त अवार्ड हात पारेका थिए । मेसीले भने सन् २००९ देखि सन् २०१२ सम्म लगातार र सन् २०१५ मा उक्त अवार्ड जितेका थिए ।

महँगा नेमार

मेसीसँगै बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका ब्राजिलियन स्टार नेमारको चर्चा सन् २०१७ मा छुट्टै रह्यो । २५ वर्षीय नेमार बार्सिलोनाबाट कीर्तिमानी महँगो रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा ठूलो रकममा अनुबन्धित भए । पिएसजीले नेमारलाई १९ करोड ८० लाख पाउन्डमा अनुबन्ध गर्‍यो । यो रकम अहिले सम्मकै बढी हो । विश्वका महँगा फुटबलर बनेका नेमार अझै महंगो रकममा स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.