फोरम र राजपाका नेता भन्छन् : एमाले नेतृत्वको सरकारमा जानै हुँदैन

फोरम र राजपाका नेता भन्छन् : एमाले नेतृत्वको सरकारमा जानै हुँदैन

काठमाडौँ : संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दोस्रो तहका नेताले वामगठबन्धनको सरकारमा सहभागी नहुने बताएका छन् ।

फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डल नेता राजेन्द्र महतो लगायत शीर्ष नेताले वाम गठबन्धनको सरकारमा सहभागी हुने कसरत गरिरहेका बेला दोस्रो तहका नेताले त्यसलाई इन्कार गरेका छन् ।

फोरम अध्यक्ष यादवको त एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद समेत भइरहेको छ । राजपा नेता महतोले जनकपुरम वाम गठबन्धनसँग सहकार्य गरेर जानुपर्ने कुरा सार्वजनिक रुपमा प्रकट गरिसकेका छन् ।

फोरम उपाध्यक्ष लालबाबु राउतले वर्तमान अवस्थामा फोरमले वाम गठबन्धनको सरकारमा सहभागी नहुने बताए । उनले संविधान संशोधनको मुद्दा सम्बोधन नभएसम्म फोरम वाम गठबन्धनको सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे ।

‘संविधान संशोधन मुद्दाको जबसम्म सुनिश्चिता हुदैन, तबसम्म फोरम सरकारमा सहभागी हुँदैन,’ उनले भने । राउतले फोरम र राजपाले अहिले संघीय सरकारमा जान हतार गर्न नहुने पनि तर्क गरेका छन् ।

राजपा महासचिव मनीष सुमनले वाम गठबन्धनको सरकारमा कुनै पनि हालतमा राजपा सहभागी नहुने बताए । एमालेलाई अछुत पार्टीको संज्ञा दिँदै सुमनले वाम गठबन्धनको सरकार बन्नु भनेको मुलुकका लागि दुर्भाग्य भएको बताए ।

सुमनले वाम गठबन्धनको दुईतिहाइ आएको भएर मुलुकमा प्रेस स्वतन्त्रताको हनन हुने, दलीय लोकतन्त्र समाप्त भई एकतान्त्रिक व्यवस्था हुन सक्ने आंशका प्रकट गरे ।

सुमनले राजपा वाम गठबन्धनको सरकार बन्न नदिन भरमजदुर कोसिस गर्ने बताए । ‘हामी वाम गठबन्धनको सरकार नबनोस भन्नेमा लागेका छौ, सकेसम्म वाम गठबन्धन भत्काउन लाग्छौँ’, उनले भने ।

राजनीतकि मूल्य मान्यता धितो राखेर वाम नेतृत्वको सरकारमा नजाने बताए । संविधान मधेसमैत्री बनाउनेसँगमात्र तालमेल हुने सुमनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.