कालिकोटमा बालकसहित ३५ जना एचआईभी संक्रमित

कालिकोटमा बालकसहित ३५ जना एचआईभी संक्रमित

कालिकोट : कर्णाली प्लसले कालिकोटमा ३६ जना एचआईभी संक्रमित रहेको जनाएको छ। लामो समयदेखि जिल्लामा रहेर एचआईभी संक्रमितको लागि विभिन्न सहयोग गर्दै आएको कर्णाली प्लसले जिल्लामा ३६ जना एचाआईभी संक्रमित रहेको जनाएको हो।

संस्थाका अनुसार जसमध्ये १९ जनाले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटबाट एआरटी औषधि सेवन गरिरहेका छन् भने बाँकी १७ जनाले जिल्ला बाहिरबाट औषधि लिइरहेका छन्। पछिल्लो समय कालिकोटमा एचआईभी संक्रमितको संख्या बढदै गएको छ। दुई वर्ष अघिसम्म जिल्लाभरी २८ जना मात्र एचआईभी संक्रमित भएकोमा २०७४ जेठसम्म ३६ जनामा संक्रमण भएको देखिएको छ।

संक्रमित ३६ मध्ये एक १० वर्षीय बालकसमेत रहेका छन्। कर्णाली प्लसका कार्यक्रम संयोजक दिपक शाहीले लाज मान्ने र बाहिर खुल्न नचाहने एचआईभी संक्रमितले जिल्ला बाहिर गएर औषधि लिइरहेकोे बताए।

उनले आफूहरुले जिल्लामा एचआईभी संक्रमितको पहिचान तथा औषधि उपचारका लागि सहयोग गर्दै आएको बताए। उनेले भने, जिल्लाका धेरै विकट क्षेत्रमा सबैजसो समुदायमा परीक्षण नभएकाले अझै पनि लुकेर रहेका संक्रमित हुन सक्छन्। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लामा एचआईभी संक्रमितको पहिचानका लागि विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.