विवेकशील साझाले देउवालाई भन्योः जनादेश मानेर सत्ता छाडिदिनू

विवेकशील साझाले देउवालाई भन्योः जनादेश मानेर सत्ता छाडिदिनू

काठमाडौं: विवेकशील साझा पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गर्न माग गरेको छ । विवेकशील साझाले नयाँ सरकारको गठनको लागि अनुकुल बातावरण सिर्जना गर्न र सहज सत्ता हस्तान्तरणको सुनिश्चिता माग गरेको छ ।

विवेकशीलका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा सत्ता हस्तान्तरण गर्ने वातावरण तयार गर्नको साटो मन्त्रिपरिषदले कर्मचारी, सरुवा, बढु्वा र नियुक्त गर्ने लगायतका दुरगामी महत्वमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

‘यस्तो वातावरण तयार गर्न प्रयास गर्नुको साटो मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिँदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

आमनिर्वाचन सकिएर नतिजा आइसकेको अवस्थामा जनादेशको कदर गर्दै पुरानो सरकार जाने र नयाँ सरकार गठन हुने प्रक्रिया लोकतन्त्रको आधारभूत अभ्यास भएको हुँदा त्यसको सम्मान गर्न ध्यानाकर्षण गराएको छ । कानूनी छिद्र खोजेर वा कानूनकै अपब्याख्या गर्दै विलम्ब गर्न खोज्ने कार्यलाई जायज मान्न नसकिने विवेकशीलले धारणा रहेको छ ।

राष्ट्रपतिलाई विवादित गर्न खोजको भन्दै आपत्ति

विवेकशील साझाले राष्ट्रिय सभाको गठन सम्बन्धि अध्यादेशमा राष्ट्रपतिलाई नै विवादित पार्ने गरी दलहरुद्वारा अडान प्रस्तुत गर्ने काम भएको चिन्ता प्रकट गरेको छ । अध्यादेशको कारणले राजनीतिक प्रक्रियामा विलम्ब हुन पुगेको विवेकशीलको भनाई रहेको छ ।

नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्रको रूपमा परिकल्पना नगरेको हुँदा यो संस्था विवादभ न्दा माथि राख्नु उपयुक्त हुने विवेकशीलको धारणा रहेको छ । राष्ट्रपतिले संबिधानले प्रस्टै तोकेभन्दा बाहिरका निकायबाट सल्लाह लिई बैधानिक सरकारको निर्णयमा बाधा पु¥याएको देखिनु उचित होइन । भलै, ढिला गरेर भएपनि अध्यादेश जारी भएको छ र एक ढंगले राजनीतिक गतिरोधको अन्त्य भएको छ, जसको विवेकशील साझा पार्र्टी स्वागत गर्दछ– विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सभामा समाजका प्रबुद्ध नागरिकलाई चयन गर्न विवेकशीलको माग छ । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा नियुक्त गर्ने तीनजना दलीय भागबण्डाका आधारमा नभई समाजमा स्वतन्त्र छवी बनाएका व्यक्तिहरु मध्येबाट छनौट गर्न विवेकशील साझा पार्टी माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.