रसुवा खुला दिसामुक्त
नुवाकोट : हिमाली जिल्ला रसुवा खुला दिसामुक्त भएको छ । पाँच गाउँपालिका रहेको रसुवाका सबै घरमा शौचालय निर्माण भएर प्रयोगमा आएको बताइएको छ । ।
रसुवाका ११ हजार चार सय ३६ घरले निजी तथा सामुहिक शौचालय प्रयोग गरिरहेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जानकारी दिएको छ । समितिका अनुसार पाँच सय ९३ घरले साझा शौचालय प्रयोग गरिरहेका छन् ।
रसुवा ४५ औं खुल्ला दिशामुक्त जिल्ला भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । सोही अवसरमा अभियानमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।