कांग्रेसका युवा नेताबीच होडबाजी

कांग्रेसका युवा नेताबीच होडबाजी

काठमाडौं : पुसको पहिलो साता कांग्रेसका युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैल, धनराज गुरुङलगायत नेताले बैठक राखे भन्ने सूचना सार्वजनिक भएको केही घन्टामै पार्टीका विभिन्न भ्रातृसंगठनका अध्यक्षहरूको बैठक बसेको सूचनासमेत सार्वजनिक भयो । खासगरी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी कमजोर देखिएसँगै पार्टीका युवापंक्तिका नेताहरू पनि दुई धारमार्फत समानान्तर गतिविधिमा उत्रिएका छन् ।

भण्डारी र थापासहितको पंक्तिले पार्टीभित्र ठूलो परिर्वतनको अपेक्षा राखेको छ भने अर्को समानान्तर बैठक गरेको भ्रातृ संगठनका अध्यक्षहरू पार्टी सभापति शेरबहादुर देउवाको प्रतिरक्षामा उत्रिएको भान हुन्छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको अगुवाइमा भइरहेको खेमाको युवा बैठकले सातवटै प्रदेशमा समीक्षा गोष्ठी गर्ने निष्कर्ष निकालेको छ ।

आतबार मात्रै भण्डारी, थापा, पौडैलसहितका सात युवा नेताले संयुक्त रूपमा सार्वजनिक अपिल नै जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर महासमिति बैठक डाक्न माग गरे । यो समूहको अगुवाइ गरिरहेका भण्डारी भन्छन्, ‘हामी सम्रगमा पार्टीसामु आइपुगेको चुनौती कसरी सामना गर्ने भन्नेबारे चिन्तित भएर लागेका छौं । तर, केही युवा साथीले त्यसलाई गलत ढंगले लिनुभयो ।’

नेविसंघका अध्यक्ष महरले आफूहरूले भण्डारी, थापालगायत युवा समूहले गरिरहेका गतिविधिलाई इन्काउन्टर दिनेगरी बैठक र कार्यक्रम नगरेको दाबी गरे । उनले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘हामी पार्टीको वैधानिक निकाय हौं, त्यही भएर पार्टी निर्वाचनमा किन र कसरी कमजोर भयो भनेर समीक्षा मात्रै गर्न लागेका हौं । महरले यसो भनिराखे पनि कांग्रेसभित्रका युवा समूह दुई कित्तामा बाँडिएको कुरा उनीहरूको गतिविधिबाट प्रस्ट भएको छ।

पार्टीमा व्यापक परिर्वतन गर्न माग गरिरहेका चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैल पक्षको गतिवधिलाई इन्काउन्टर दिनेगरी नेविसंघसहित कांग्रेसका भ्रातृसंगठनका अध्यक्षहरू पनि सक्रिय।

आइतबारै राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा महरालगायत नेविसंघ नेतृत्वले गरेको कार्यक्रमलाई चुनाती दिनेगरी संघकै अर्को समूहको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम भएको थियो । महर नेतृत्वमा नेविसंघले आयोजना गरेको कार्यक्रममा सभापति देउवासहित उनका पक्षहरूको मात्र उपस्थिति थियो भने त्रिचन्द्र क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा भने पौडेल समूहका नेताहरूको मात्रै उपस्थिति थियो ।

त्यसअघि शनिबार नेविसंघकै एउटा खेमाले चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैललगायत नेतालाई मात्रै निम्त्याएर कार्यक्रम गर्न भ्याएको थियो । नेविसंघका अध्यक्ष महरले भने, ‘हाम्रै केही युवा साथी पनि स्वार्थमा परेको भान भइरहेको छ तर त्यसले फरक पार्दैन, हामी पार्टीसामु आइपरेको चुनौतीलाई व्यवस्थापन गर्न लागिपर्छौं ।

कांग्रेस नेता भण्डारीले नेविसंघलगायत भ्रातृ संगठनले गरिरहेका बैठक तथा कार्यक्रमलाई आफूहरूको अभियानसँग तुलना नगर्न आग्रह गरे । उनले भने, ‘वाम गठबन्धनले बहुमतसहित जित्नु भनेको कांग्रेसका लागि ठूलो चुनौती हो, यसलाई हामीले गम्भीर ढंगले समीक्षा गर्न सकेनौं भने यो हाम्रा लागि दुर्भाग्यपूर्ण हुनेछ ।’

भण्डारीले आफूहरूले उठाएका कुरा पार्टीको कुनै व्यक्ति वा नेतृत्वसँग सम्बन्धित नरहेको समेत जिकिर गरे । उनले भने, ‘यसलाई त्यसरी व्याख्या गरेर विषयान्तर गर्न खोज्नु हुँदैन ।’

निर्वाचनको परिणामलगत्तै कांग्रेसभित्रको एउटा तप्काले पार्टी नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको मागसमेत गरेको थियो ।भण्डारी र थापाहरूले समूहगत रूपमै बैठक र छलफल गर्न थालेपछि नेविसंघका महरलगायत अन्य भ्रातृसंगठनका प्रमुखसमेत छुट्टै सक्रिय भएका देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.